लन्डन । नेपाली जनसम्पर्क समिति, बेलायतले विजयादशमी तथा दिपावलीको अवसर पारेर पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख अतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
शनिवार सांझ गोल्डेनसिप रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा देउवाले शुभकामना मन्तव्य व्यक्त गर्दै समसामयिक राजनीतिक परिस्थितिबारे अवगत गराए । उनले माघ ८ मा संविधान जारी गर्नुको विकल्प नरहेको समेत दोहोर्याए ।
लोक गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमका अतिथी इलिङ तथा साउथहल एमपी वीरेन्द्र शर्माले नेपाली समुदायसंग आफू निकट रहेको उल्लेख गर्दै नेपालीहरुलाई बेलायती राजनीतिमा लाग्न समेत सुझाव दिए ।
कार्यक्रममा देउवा पत्नि सभाषद डा. आरजु राणा, कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, भूपू सांसद शुक्रराज शर्मा, समाजसेवी डा. राघवप्रसाद धिताल, कांग्रेस युवा नेताहरु रवि राई, शिवजी श्रेष्ठ र विश्व आदर्श पण्डित, कार्यक्रम सहसंयोजक राजकुमार त्रिपाठी, तिलकुमारी लिम्बु लगायतले दशैं शुभकामना दिएका थिए ।
महामन्त्री शिव तिमिल्सिनाले सञ्चालन गरेको उक्त कार्यक्रममा संयोजक युवराज गुरुङले स्वागत मन्तव्य दिए ।
उक्त अवसरमा उल्टो विश्व साइकल यात्री वीरेश दाहाल, विद्यावारिधी गरेकामा डा. मिन रानाभाट र हल तथा खाना व्यवस्थापन गरेवापत गोल्डेन सिप रेष्टुरेन्ट सञ्चालक सनत गुरुङलाई खादाले सम्मान गरियो । रोजिना गुरुङ र प्रतिक्षा त्रिपाठीले नृत्य प्रस्तुत गरे ।
करिब डेढ सय उपस्थित कार्यक्रम सुशील कोइराला पक्षीय कार्यकर्ताले भने निम्तो भएपनि वहिष्कार गरेका जनाइएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा