लन्डन । गोर्खाहरुका विद्यमान समस्या एवं गुनासाबारे अध्ययन गर्न गठित सर्वदलीय समितिकी अध्यक्ष ज्याकी डोयल प्राइसले एकाएक बोली फेरेपछि भूपू गोर्खाहरु सशंकित भएका छन् ।
दुःख पाएका भूपू गोर्खाहरुको अवस्था बुझ्न नेपाल गएका बेला ज्याकीले सत्याग्रह संयुक्त संघर्ष समिति नेपालका पदाधिकारीसमक्ष विगतमा दिंदै आएको आश्वासन विपरित फरक मत जाहेर गरेपछि गोर्खाहरुमा आक्रोश समेत चुलिएको छ ।
गोर्खा माग सम्वन्धमा संसदीय वहस सके लगत्तै नेपाल गएकी ज्याकीले होटल सोल्टीमा भएको भेटमा ब्रिटिश सैनिक सरह समान पेन्सन दिन नसकिने जस्तो भनाइ राखेपछि भूपू गोर्खाहरु ज्याकी र रक्षा मन्त्री अन्ना सोब्रीमाथि खनिएका छन् ।
संसदीय वहसका बेला कन्जरभेटिभ पार्टी सम्वद्ध रक्षा मन्त्री अन्ना सोब्रीले पेन्सन समान हुन नसक्ने र गोर्खाका १८ नाघेका आश्रित सन्तानहरुलाई आवासीय अधिकार दिने सम्वन्धमा कुनै पुनरावोलन हुन नसक्ने आशय व्यक्त गर्नुलाई गोर्खाहरुले आश्चर्य मान्दै प्राइसले नेपाल गएर अन्नाकै बोली दोहोर्याएको निष्कर्ष निकालेका छन् ।
प्रधानमन्त्री डेभिड क्यामरुनलाई छानविन प्रतिवेदन हस्तान्तरण गर्नु अघि प्राइसले गोर्खाहरुले धेरै मागे जस्तो गरेकोमा र बेलायती सांसदहरु वास्तविकताबाट भागेर आफ्ना ऐतिहासिक समस्या वेवास्ता गरेकामा पनि गोर्खाहरुको आक्रोश छ ।
असन्तुष्ट गोर्खाहरुले ज्याकीलाई विरोधपत्र समेत दिएका छन् । ५ बुंदे उक्त विरोधपत्रमा यूके संसदीय वहसले मात्र गोर्खाहरुको भाग्य निर्धारण नगर्नेमा सचेत गराउंदै गोर्खाहरुले सप्रमाणसहित संसदीय सुनुवाइ भइसकेपछि मन्त्रीहरुबाट यस्ता अभिव्यक्ति आउने भए वा निर्णय हुने भए छानवीनको औचित्य के भन्नेमा समेत प्रश्न उठाएका छन् ।
नेपालले ब्रिटिश संसदीय प्रणाली अवलम्वन गरेको स्मरण गराउंदै गोर्खाहरुले बेलायतले भने नेपालको संसदीय समितिको गोर्खा प्रतिवेदनलाई महत्व नदिएर गोर्खामाथि भेदभाव भइरहेको तथ्य अझ छर्लंग्ग पारेको समेत दावी गरेका छन् । गोर्खाहरुलाई न्याय नदिइएसम्म समान हक अधिकारका लागि जारी आफ्नो अभियान नेपाल, बेलायत र विश्वभर नै सुचारु हुने उल्लेख गर्दै पत्रमा बेलायत नेपालबीच कुटनीतिक सम्वन्ध स्थापनाको दुई शतक मनाउने संघारमा आफूहरुमाथि भएको शोषण र भेदभाव केन्द्रित कार्यक्रम थप सशक्त बन्ने चेतावनी छ ।
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]