लण्डन । तेह्रथुम समाज युकेको अध्यक्षमा छत्र तेयुङ निर्वाचित भएका छन ।
समाजको शनिबार आसफोर्डमा सम्पन्न साधारण सभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
समाजको उपाध्यक्षत्रयमा दलनारायण खापुङ, तिलबिक्रम सम्बाहाङ्फे र श्रीमती मोहन हुक्पा चोङबाङ, सचिबमा डम्मर सिङ्गक, सह-सहिबमा डम्बर खापुङ, कोषाध्यक्षमा मोहन सोदेम्बा, सह-कोषाध्यक्षमा जमिन थाङदेन र श्रीमती पञ्चकुमारी हुक्पा चोङ्बाङ निर्वाचित भएका छन् ।
यस्तै सन्चार प्रमुखमा सुरेन्द्र इङ्नाम, सहायक संचार प्रमुखमा लोक लुम्भुङ्वा, साँस्कृतिक प्रमुखमा निशा गुरुङ, सह- साँस्कृतिक प्रमुखमा ओम मगुराती र श्रीमती सानु सुब्बा चुनिएका छन् ।
समाजका अध्यक्ष समाजसेवी लोक गुरुङको सभापतित्वमा भएको सो कार्यक्रममा उपाध्यक्ष टङ्क मगरले अधिवेशनमा आएका जिल्लावासीहरुलाई स्वागत मन्तब्य दिएर कार्यक्रमलाई औपचारिक रुपमा शुरु गरेका थिए ।
सस्थाको विधान अनुसार कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।
कार्यक्रममा नयाँ कार्य समितिका क्रमश अध्यक्ष छत्र तेयङ, उपाध्यक्षहरु दलनारायण खापुङ, तिलबिक्रम सम्बाहाङ्फे, श्रीमती मोहन हुक्पा चोङबाङ, सचिब डम्मर सिङ्गक, सहसचिव डम्बर खापुङ, कोषाध्यक्ष मोहन सोदेम्बा, सह-कोषाध्यक्ष जमिन थाङदेनले आ-आफ्नो ठाउँमा रहेर जिल्वासीहरुको हकहितको कार्यहरु समाजको विधान अनुरुप पालना गर्दै जाने प्रतिवद्दता जाहेर गरे ।
कार्यक्रमका सभापति गुरुङले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना साथै कार्य सफलताको कामना दिँदै उपस्थित सबैलाई उपस्थित भई कार्यक्रम सफल पारिदिनु भएकोमा हार्दिक धन्यवाद साथै कृतज्ञता प्रकट गरे ।
समाजको नयाँ कार्यसमिति चयन को लागी समाजका पूर्व अध्यक्ष समाजसेवी चित्राज हुक्पा चेम्जोङ र पूर्व-सचिव भिमराज तुम्बाहाङ्फेलाई निर्वाचन अधिकृत तोकिएको थियो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल