लण्डन । तेह्रथुम समाज युकेको अध्यक्षमा छत्र तेयुङ निर्वाचित भएका छन ।
समाजको शनिबार आसफोर्डमा सम्पन्न साधारण सभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
समाजको उपाध्यक्षत्रयमा दलनारायण खापुङ, तिलबिक्रम सम्बाहाङ्फे र श्रीमती मोहन हुक्पा चोङबाङ, सचिबमा डम्मर सिङ्गक, सह-सहिबमा डम्बर खापुङ, कोषाध्यक्षमा मोहन सोदेम्बा, सह-कोषाध्यक्षमा जमिन थाङदेन र श्रीमती पञ्चकुमारी हुक्पा चोङ्बाङ निर्वाचित भएका छन् ।
यस्तै सन्चार प्रमुखमा सुरेन्द्र इङ्नाम, सहायक संचार प्रमुखमा लोक लुम्भुङ्वा, साँस्कृतिक प्रमुखमा निशा गुरुङ, सह- साँस्कृतिक प्रमुखमा ओम मगुराती र श्रीमती सानु सुब्बा चुनिएका छन् ।
समाजका अध्यक्ष समाजसेवी लोक गुरुङको सभापतित्वमा भएको सो कार्यक्रममा उपाध्यक्ष टङ्क मगरले अधिवेशनमा आएका जिल्लावासीहरुलाई स्वागत मन्तब्य दिएर कार्यक्रमलाई औपचारिक रुपमा शुरु गरेका थिए ।
सस्थाको विधान अनुसार कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।
कार्यक्रममा नयाँ कार्य समितिका क्रमश अध्यक्ष छत्र तेयङ, उपाध्यक्षहरु दलनारायण खापुङ, तिलबिक्रम सम्बाहाङ्फे, श्रीमती मोहन हुक्पा चोङबाङ, सचिब डम्मर सिङ्गक, सहसचिव डम्बर खापुङ, कोषाध्यक्ष मोहन सोदेम्बा, सह-कोषाध्यक्ष जमिन थाङदेनले आ-आफ्नो ठाउँमा रहेर जिल्वासीहरुको हकहितको कार्यहरु समाजको विधान अनुरुप पालना गर्दै जाने प्रतिवद्दता जाहेर गरे ।
कार्यक्रमका सभापति गुरुङले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना साथै कार्य सफलताको कामना दिँदै उपस्थित सबैलाई उपस्थित भई कार्यक्रम सफल पारिदिनु भएकोमा हार्दिक धन्यवाद साथै कृतज्ञता प्रकट गरे ।
समाजको नयाँ कार्यसमिति चयन को लागी समाजका पूर्व अध्यक्ष समाजसेवी चित्राज हुक्पा चेम्जोङ र पूर्व-सचिव भिमराज तुम्बाहाङ्फेलाई निर्वाचन अधिकृत तोकिएको थियो ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श