नयाँ दिल्ली। अल इन्डिया रेडियो (एयर) ले नेपाली भाषासहित पाँच वटा भाषाको निःशुल्क एसएमएस समाचार सेवा शुरु गरेको छ । भारतीय सूचना तथा प्रशारण मन्त्री प्रकाश जाभदेकरले नेपालसहित हिन्दी, मराठी, दोग्री भाषाको नि:शुल्क एसएमएस समाचार सेवाको शुरुवात गरे । भारतमा ४१ लाख नेपाली भाषी रहेको अनुमान छ। भारतको सविधानको आठौ अनुसूचीमा नेपाली भाषा क्षेत्रीय भाषाको रुपमा उल्लेख छ ।
रेडियोले यसअघि अंग्रेजी भाषा मात्रै एसएमएम सेवा सञ्चालन गर्दथ्यो । जाभदेकरले आफूले चाहेको जस्तो भाषामा समाचार मोवाइल फोनमा प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गरे । उनले अन्य क्षेत्रीय भाषामा समेत सेवा थप गर्दै लैजाने बताए । भारतीय सूचना तथा प्रशारण मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘डिजिटल इन्डिया’ अवधारणाको चर्चा गर्दै त्यसअन्तर्गत सञ्चालित ‘कम्युनिकेटिङ इन्डिया’ अभियानको महत्वपूर्ण अंगको रुपमा नि:शुल्क एसएमएस सेवा भएको जनाएको छ ।
एयरले गत वर्ष सेप्टेम्बर नौबाट अंग्रेजी भाषामा समाचारको एमएमएस तीस लाखले उपयोग गर्दै आएका छन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?