सिन्धुपाल्चोकको माङ्खा जुरे पहिरो र सुनकोसी पीडितहरूको राहत र पुनःस्थापनाका लागि अष्ट्रेलियामा बस्ने नेपालीहरूले पाँच लाख रुपैया सहयोग गरेका छन् । नेपाली काँग्रेसको भ्रातृ संगठन अष्टेलियाको नेप्लिज डेमोक्र्याटिक फोरमले सो रकम जुटाएको हो ।
फोरमका तर्फबाट इन्जिनियर नारायण काफ्लेले सो रकमको चेक उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई हस्तान्तरण गरे । उपप्रधानमन्त्री सिंहले सो चेक जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलाई प्रदान गरेका छन् ।
कार्यक्रममा प्रजिअ पराजुलीले अझै पनि ११ वटा शवको पहिचान हुन नसकेको र १४६ वेपत्ता रहेको जानकारी दिए । उनले पीडित एक हजार २४० घरमध्येलाई क्षतिको आधारमा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गमा विभाजन गरी राहत वितरण गरिएको जनाए ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
विचार : सहजताको मूल्य र गोपनीयता