नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एकल निर्णयको आधारमा पार्टी चल्न नसक्ने बताएका छन् । पार्टी, संगठन एक व्यक्तिको लहडको आधारमा चल्दैन विधि र पद्धति अनुसार चल्ने भएकाले व्यक्ति निर्णयलाई पार्टीको सामूहिक निर्णय मान्न नसकिने बताएका छन् । 
शनिवार सगरमाथा अञ्चल सम्पर्क कमिटिको दशै तिहार शुभकामना आदान प्रदान तथा केन्द्रीय सदस्यहरुलाई बधाइ तथा शुभकामना दिने कार्यक्रममा बोल्दै गलत विधि र पद्धतिको विरोध गर्नुपर्ने धारणा राखे ।
‘संगठन सञ्चालनको सामान्य ज्ञान छैन भने पार्टी चलाउन सकिदैन, एकल निर्णयल पार्टी चलाउने कोही वादशाह जन्मेको छैन बादशाह र तानशाहलाई फालेर पार्टीका तमाम नेता कार्यकर्ताहरु देश चलाउने अभियानमा लागिसकेका छन्’, पूर्व प्रधानमन्त्री नेपालले भने ‘ लहडको आधारमा एउटा मन्त्रीलाई निकाल्यो अर्को व्यक्तिलाई पकेटबाट मन्त्री बनायो यसरी पार्टी पनि चल्दैन र सरकार पनि र चलाउनु पनि हुदैन ।’
यी विषयहरु पार्टी केन्द्रीय कमिटिमा छलफल नभएको बताउदै उनले केन्द्रीय कमिटिको बैठक तीन घण्टाको मात्रै हुने त्यसमा पनि आधा घण्टा चिया खाजा, आधा घण्टा बैठकमा आउन ढिला गर्ने र विषय वस्तुको गाम्भीर्यता माथि कहिल्यै छलफल नहुने गरेको समेत धारणा राखे । पार्टी सञ्चालनको सन्दर्भमा बोल्दै एक व्यक्ति कहिल्यै संगठन हुन नसक्ने धारणा राखे ।
नेकपा एमाले राष्ट्रिय राजनीतिमा प्रभावकारी शक्ति भएकाले पार्टी एकताबद्ध पार्टी सञ्चालननै पहिलो आवश्यता रहेको बताउदै उनले पार्टी गलत दिशामा गएको तमसा हेर्नुभन्दा विरोध गरेर सुधार गर्नुपर्ने बताए । स्थायी कमिटि वा पोलिटव्यूरो दुवै नभएको अवस्थामा तीन घण्टे केन्द्रीय कमिटीको राष्ट्रिय राजनीति र पार्टीको विषयमा छलफल हुन नसकेको समेत बताए ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?