लन्डन । झट्ट हेर्दा रमझमका लागि मात्र गरिए झैं लागेपनि पृथक थियो कार्यक्रम उद्देश्य । न प्रमुख अतिथी, न खादा सम्मानको सस्तो प्रचलन । सिमित निम्तालु तर मन फराकिलो भएका । हालै गठन भएको क्लव फिप्टी यूकेले गत शनिवार पहिलो दशैं पार्टी आयोजना गर्यो सिभिल इन्जिनियर पव, लन्डनमा । उद्देश्य के भने पार्टी गरेर संकलित रकम नेपालमा दुःख र आपतविपत झेलेका व्यक्तिलाई सघाउन पठाउने रहेछ ।
कार्यक्रममा उक्त संस्थाका अध्यक्ष उत्तम खड्काले संक्षिप्त मन्तव्य दिंदै क्लव फिप्टी यूके गठन गर्नुको उद्देश्य नै अप्ठेरोमा परेका नेपालीलाई सघाउनु
रहेको बताए । भावी दिनमा अरु सक्रिय भएर सामाजिक काममा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै खड्काले क्लव फिप्टी यूकेले सुनकोशी बाढी पीडितका लागि यसअघि एक लाख एघार हजार रुपैयां पठाइसकेको पनि जनाए ।
उक्त अवसरमा संस्थाका सदस्यहरु मिन रानाभाट, भरत रोका, अन्जान बगाले लगायतले पनि संस्थाको पवित्र उद्देश्य अरु प्रष्ट्याएका थिए ।
उक्त अवसरमा सहभागीहरु डिजे डान्स र स्वादिष्ट खानामा रमाएका देखिन्थे ।
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल