
लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेको १४ सेप्टेम्बर लन्डनमा सम्पन्न तेश्रो साधारणसभाले सुशीला कार्कीको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको छ । कार्की यसअघि उपाध्यक्ष थिइन् ।
त्यस्तै उपाध्यक्षमा प्रसुना कंडेल, महासचिवमा विनोदविकास सिम्खडा, सचिवमा सुनिता गौतम, कोषाध्यक्षमा रश्मिता दर्लामी चयन भएका छन् । सदस्यहरुमा उर्मिला श्रेष्ठ, यमुना घले, हिरा श्रेष्ठ, गायत्री श्रेष्ठ, गंगा सामपाङ र कल्पना बुढाथोकी छन् ।
प्रमुख निर्वाचन आयुक्त टिका स्याण्डवेलले नयां पदाधिकारीहरुलाई शपथ ग्रहण गराएकी थिइन् । नयां कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ । निर्वाचन समितिमा कृष्ण भट्ट र कृष्ण तिवारी निर्वाचन आयुक्त थिए ।
बेलायतका सामाजिक तथा पेशागत संघसंगठनमा जिम्मेवारी बांडफांडमा देखिइरहेको किचलोबीच नर्सिङ एसोसिएसनले भने सर्वसम्मत नेतृत्व चयन गरेर सकारात्मक सन्देश दिएको छ । एसोसिएसनकी पूर्व अध्यक्ष
एवं सल्लाहकार अजिता सिम्खडाले एसोसिएसन भावी दिनमा समेत एकजुट भएर सामाजिक काममा लाग्ने जनाइन् ।
बासु लामिछानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले विधान संशोधन, आयव्यय तथा वार्षिक प्रतिवेदन समेत पारित गरेको छ ।
साधारणसभापछि एसोसिएसनले मुगुमा बर्थिङ सेन्टर बनाउने प्रतिवद्धता व्यक्त गरेको छ भने आफ्ना सदस्यहरुको नेपाल नर्सिङ काउन्सिलको सदस्यता नवीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने भएको छ । सदस्यता विस्तार, बेलायतस्थित संघसंस्थाहरुबीच सुमधुर सम्वन्ध स्थापना लगायत मुद्दा पनि प्राथमिकतामा छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा