लण्डन । यसवर्षको प्रतिभा सम्मान कलाकार टेकवीर मुखियालाई र प्रतिभा पुरस्कार साहित्यकार भूपाल राईलाई दिइने भएको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको यहाँ हालै बसेको बैठकले मुखिया र राईलाई सम्मानित र पुरस्कृत निर्णय गरेको प्रतिष्ठानका कोषाध्यक्ष देवेन्द्र खेरेसले जानकारी दिए ।
साझा प्रकाशनसँग लामो समय आवद्ध रहेका कलाकार मुखिया करिब पाँच दशकभन्दा लामो समयदेखि नेपाली कला क्षेत्रमा सक्रिय छन् भने राई कविता र गीत लेखनमा लामो समयदेखि सक्रिय छन् ।
सम्मान पाउनेले २० हजार १ रुपियाँ राशीको साथमा सम्मानपत्र पाउँछन् भने पुरस्कार पाउनेले १ लाख १ रुपियाँ राशी पाउने गर्छन् ।
सम्मान र पुरस्कार सन् २०१५ को जनवरीमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिने कार्यक्रम राखिएको प्रतिष्ठानले जनाएको छ ।
सन् २००८ देखि प्रदान गर्न थालिएको प्रतिभा सम्मान हालसम्ममा बेलायतका साहित्यकार स्वर्गीय ईश्वर मानन्धर, साहित्यकार जीवी लुगुन, गायक भक्तराज आचार्य, समालोचक प्रा.डा. गोविन्दराज भट्टराई र गजलकार बुँद रानाले पाइसकेका छन् भने प्रतिभा पुरस्कार साहित्यकार नविन विभास, गायक कुबेर राई, कवि उपेन्द्र सुब्बा, कवि श्रवण मुकारुङ, कवि मोमिला र साहित्यकार राजकुमार दिक्पालले पाइसकेका छन् ।
शुरुमा सम्मानको राशी १० हजार र पुरस्कारको राशी २५ हजार रुपियाँ रहेकोमा सन् २०१० देखि बढाएर २० हजार एक र १ लाख एक रुपियाँ पुर्याइएको हो ।
नेपाली कला, संगीत र साहित्यका क्षेत्रमा योगदान दिने पुराना सर्जकलाई प्रतिभा सम्मान र नयाँ सर्जकलाई प्रतिभा पुरस्कार दिइने गरिन्छ ।
युकेमा समान्य जीविकोपार्जन गर्दै आएका साहित्यनुरागीहरुले प्रवासमा रहेर पनि नेपाली कला, संगीत र साहित्यका क्षेत्रमा लाग्ने नयाँ पुराना प्रतिभालाई सम्मान र प्रोत्साहन गर्न सो सम्मान र पुरस्कार स्थापना गरेका हुन् ।
प्रतिष्ठानले यसै वर्षदेखि पुरस्कार र सम्मानका लागि मापदण्ड पनि हेरफेर गरेको छ । परिवर्तित व्यवस्थाअनुसार सम्मान ५० वर्ष उमेर कटेको सर्जकलाई र पुरस्कार ५० वर्ष मुनीको सर्जकलाई दिने व्यवस्था गरेको छ । एउटै क्षेत्र, एउटै जातिका सर्जकलाई वर्षेनी पुरस्कृत नगर्ने, उच्चपदस्थ सरकारी कर्मचारी र यसअघि ठूला पुरस्कार पाइसकेकालाई पुरस्कार र सम्मान नदिने आर्थिक अवस्था कमजोर भएका सर्जकलाई सम्मान र पुरस्कृत गर्दा प्राथमिकता दिने लगायतका व्यवस्था परिमार्जित मापदण्डमा छन् ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा