प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल निर्वाचित

नेपाली कांग्रेस निकट सञ्चारकर्मीहरुको संगठन प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष बद्री सिग्देल

नवनिर्वाचित अध्यक्ष बद्री सिग्देल




पोखरामा भएको महाधिवशेनमा सिग्देलले शिव लम्साललाई पराजित गरेका हुन् । कांग्रेसभित्र सिग्देल वरिष्ठ नेता शेरबहादुर देउवा र लम्साल सभापति सुशील कोइराला निकट मानिन्छन् । नवनिर्वाचित अध्यक्ष सिग्देलले पक्षपात नगरी युनियनलाई अघि बढाउने बताएका छन् ।
‘प्रेस युनियनलाई राम्रो, सबल र बलियो बनाउने विषयमा म कसैलाई पनि कुनै खाले पक्षपात गर्ने छैन,’ अध्यक्षमा निर्वाचित पछि सिग्देलले आफ्नो फेसबुकमा लेखेका छन् ।
सिग्देलले ६ सय ४२ र लम्सालले ४ सय ४४ मत प्राप्त गरे । अध्यक्षको तेस्रा प्रत्याशी भुवन भट्टले ६९ मत प्राप्त गरे ।
महासचिवमा भने लम्सालको प्यानलबाट प्रतिस्पर्धा गरेको अजयबाबु सिवाकोटी विजयी भएका छन् ।10616115_10152709216932277_2309519776410110051_n

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, खुल्ला उपाध्यक्षमा ईश्वरी ओझा, रमेश पौडेल, समावेशी उपाध्यक्षमा विजयीसन्तोषी राई, महिला उपाध्यक्षमा बाला अधिकारी(निर्विरोध) निर्वाचित भएका छन् । उप महासचिवमा प्रेम केसी र भिष्मराज ओझा विजयी भएका छन् । महिला महासचिवमा सलोजा दाहाल निर्विरोध भनइ ।
सचिव खुल्लामा खिला कार्की, सूर्यकुमार क्षेत्री, समावेशीमा केबी राना र महिलामा दीपा आले(निर्वारोध) निर्वाचित भएका छन् । कोषाध्यक्षमा सरोज अधिकारी विजयी भएका छन् ।
क्षेत्रीय संयोजकमा लिलावल्लभ घिमिरे(पूर्वाञ्चल), राममणि दाहाल(मध्यमाञ्चल), प्रदीप काफ्ले(पश्चिमाञ्चल), देवेन्द्र बर्मा(मध्य पश्चिमाञ्चल), लालबहादुर ऐरी(सुदुर पश्चिमाञ्चल) र रमेश खतिवडा(बाग्मती) निर्वाचित भएका छन् । खुल्ला केन्द्रिय सदस्यमा राजाराम कार्की, बसन्त पराजुली, माधव धिताल, दीलिप पौडेल, ऋषिकान्त पौडेल, भुवन शर्मा, युवराज रेग्मी, जयसिंह केसी, शिवराज योगी, रमेश वाग्ले, युवराज गौतम, सुलोचना गौतम, कल्पना शर्मा र प्रकाश अधिकारी विजयी भएको निर्वाचन आयोगले बताएको छ । केन्द्रीय सदस्य दलितमा हिरालाल विश्वकर्मा, टेकबहादुर सार्की, मधेशीमा विजय कुशवाह, रामबाबु यादव, अवधेश झापा, आदिवासी जनजातिमा सुरेशकुमार श्रेष्ठ, चन्द्रकला राई र पवन श्रेष्ठले चुनाव जितेका छन् । महिलातर्फको केन्द्रीय सदस्यमा सृजना अर्याल, सुरक्षा रेग्मी र दिलिपाश्री अधिकारी चुनिएका छन् ।
अपाङतर्फ माधवप्रसाद चौलागाई, अल्पसंख्यकतर्फ लीलाबहादुर सुनार, पिछडिएको क्षेत्र दयाराम पण्डित निर्वाचित भएका छन् । त्यसैगरी अञ्चल संयोजकमा गोविन्दचन्द्र क्षेत्री(मेची), उद्धव तिमिल्सिना(कोसी), नवीन राई(सगरमाथा), रोशन न्यौपाने(जनकपुर), मुरारी अधिकारी बाग्मती, सञ्जय कार्की(नारायणी), माधव अर्याल(लुम्बिनी), टंक अधिकारी(गण्डकी), ज्ञानेन्द्र गौतम(धौलागिरी), केपी घिमिरे(राप्ती), राजेन्द्रबहादुर कार्की(भेरी), खगेन्द्र भट्टराई(कर्णाली), जगत सावन्त(सेती), हरिश भट्ट(महाकाली), निरज खतिवडा(उपात्यका) र ठाकुर बेल्बासे(प्रतिष्ठान)बाट निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री