
कतारमा कार्यरत नेपाली श्रमिकका बारेमा अनुसन्धान एवं बृत्तचित्र बनाउन बेलायतबाट कतार गएका दुई नेपाली पत्रकार गुणदेव घिमिरे र मानव अधिकारकर्मी कृष्ण उपाध्याय कतारी जेलबाट सकुशल रिहा भएका छन् । गिरफ्तार भएको ९ दिनपछि उनीहरु रिहा भएका हुन् । गएराती आफूहरु जेल मुक्त भएको खबर उपाध्यायले फेसबुक मार्फत सार्बजनिक गरेका हुन् ।
उपाध्यायकी जीवनसंगिनी सरिता पौडेलले आफ्नो फेसबुक पेजमा पति उपाध्याय सकुशल रिहा भएको जानकारी दिएकी छिन् । पौडेलले सोमबार मध्यरात उपाध्यायको मुक्त भयौं भन्ने खवरसहित फोन आएको वीनेपालीलाई पुष्टि गरिन् । उनले आउने दिन भने तय भइ नसकेको जनाइन् । साथै पौडेलले रिहाइको लागि पहल गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।
जेल मुक्त गर्न कतार सरकारलाई बेलायती सरकारले दवाव दिदै आएको थियो । कतार सरकारले कतारी नियम कानुन उलंघन गरेको आरोपमा पक्राउ गरेको पुष्टि गरेको थियो । दुवैका परिवारले घिमिरे र उपाध्यायसुरक्षित बेलायत फिर्ता हुनेमा समेत विश्वास व्यक्त गरेका थिए । उनीहरुले बेलायत फिर्ता नआएसम्म बेलायतस्थित कतारी दूतावासलाई दवाव दिन प्रदर्शनलाई जारी राखेका थिए ।
नेपाल पत्रकार महासंघ बेलायत शाखा, गैर आवासीय नेपाली संघ बेलायत, प्रवासी नेपाली मञ्च र दुवैका परिवारजनले उपाध्याय र घिमिरे कहाँ, कुन अवस्था छन् तत्काल सार्वजनिक गर्न माग गरेका थिए । ति संस्थाहरुले सकुशल बेलायत फिर्ता गराउन पनि बेलायत सरकार र बेलायतस्थित कतारी दूतावासलाई ध्यानाकर्षण गराएका थिए ।
गत विहीबार नेपाल पत्रकार महासंघ बेलायत शाखाका सदस्यहरु पत्रकार गुणदेव घिमिरेको साउथ इष्टस्थित वुलवीचको घर गएर ऐक्यवद्धता जनाएका थिए । यसअघि नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित कतारका राजदूतलाई शाखा सदस्य घिमिरे र मानवअधिकारकर्मी तथा प्रवासी नेपाली मंच बेलायतसँग आवद्ध उपाध्याय कहाँ, कुन अवस्थामा छन् भन्ने बारेमा गम्भिर चासो व्यक्त गर्दै विज्ञप्ती जारी गरेको थियो । पत्रकार महासंघ बेलायतले बेलायतस्थित कतारका राजदूतलाई फ्याक्समार्फत गम्भिर चासो सहितको पत्र पठाएको थियो ।
कतारमा उपाध्याय र घिमिरेलाई प्रहरी जस्ता देखिने सादा पोशाकका व्यक्तिले पछ्याएको उनीहरुले केही दिनअघि पारिवारलाई बताएका थिए । त्यस लगत्तै सादा पोशाकका प्रहरीले पक्राउ गरि हिरासतमा राखिएको अनुमान गरिएको थियो । सो सम्बन्धी सामाचार बेलायती अखवारले द इन्डिपेडेन्टले प्रकाशित गरेको थियो ।
कतारस्थित ग्रयाण्ड हायात होटलमा बसेका उपाध्याय र घिमिरे २७ अगष्टमा दोहा गएका थिए । उपाध्याय अघिल्लो आइतवार नर्वे फर्कने तयारीमा थिए भने घिमिरे लन्डन फर्कदै थिए । उनीहरु नर्वेजियन च्यारिटी संस्था द ग्लोवल नेटवर्क फर राइटस् एण्ड डेभलपमेन्ट (जिएनआरडी) का तर्फबाट सन् २०२२ को फिफा वल्ड कपका लागि काम गरिरहेका नेपाली कामदारहरुको स्थितिलगायतका विषयमा बृत्तचित्र बनाउन कतार पुगेका थिए । उनीहरु दुवैसँग बेलायती राहदानी छ ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस