लन्डन । बेलायतमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट शैलेश ओझा (एसीसीए, एफसीसीए) ले आफू एसएलसीसम्म पढेको स्कुलका लागि छात्रवृत्ति स्थापना गरिदिएका छन् । साउथ योर्कसायरस्थित डंककाष्टर बस्ने ओझाले जनता मा.वि. इटहरी सुनसरी १ बाट एसएलसी उत्तिर्ण एक एक जेहेन्दार छात्र र छात्रालाई प्लस टु अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्च तिर्ने संकल्पसहित केदारनाथ कमला ओझा छात्रवृत्ति स्थापना गरेका हुन् । ओझाले ति विद्यार्थीका लागि किताव र अन्य स्टेशनरी सामान किन्दा लाग्ने खर्च समेत व्यहोरिदिने जनाएका छन् । यसै शैक्षिक सत्र देखि छात्रवृत्ति शुरु हुने जनाउंदै ओझाले विद्यालयको सिफारिसमा विद्यार्थी छनोट हुने प्रष्ट्याए ।
सन् २००१ देखि इंग्ल्याण्डमा सिए प्राक्टिस गर्दै आएका ओझाले एजुकेशन यूके नेपाल नामक संस्था छिट्टै च्यारिटीमा दर्ता गरि शैक्षिक विकासमा योगदान दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
उक्त च्यारिटी दर्ता गरेर श्री जनता माध्यमिक विद्यालय इटहरीका लागि शैक्षिक
प्रोजेक्ट जस्तै कम्प्युटर, विज्ञान प्रयोगशालाका लागि आवश्यक सामाग्री, पुस्तकालय, खेल सामाग्री आदिमा सघाउने उनको लक्ष्य छ । हाल प्रवासमा रहेका त्यस स्कुलका भूतपूर्व विद्यार्थीहरुले च्यारिटी संस्थाका लागि सहयोग गर्ने अपेक्षा ओझाको छ ।
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]