संकटा क्लब दशरथ रंगशाला जारी एन्फा कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । मोरङ एघारलाई १–० गोलले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । संकटा क्लबका वर्षात गुरुङ ५१ औं मिनेटमा निर्णायक गोल गरेका थिए । सेमीफाइनलमा प्रवेश गर्ने अन्तिम टोली संकटाले आफ्नो स्थान पक्का गर्नका लागि नेपाली सेनासँग प्रतिस्पर्धा गर्ने छ । यसअघि झापा एघार र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमीफाइनलमा प्रवेश गरी सकेका छन् । न
कआउट प्रतियोगिताको फाइनल जित्ने टोलीले १० लाख रुपैया हात पार्ने छ । उप विजेताले ५ लाख र सेमीफाइनलमा पुग्ने अन्य टोलीले एक एक लाख रुपैया पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी मोटरसाइकल प्रदान गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । प्रशिक्षकसहित विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५० हजार रुपैया प्रदान गरिने छ । ए डिभिजन र विभागीय गरी ८ टोलीको प्रतियोगितामा सहभागी छन् । मनाङ मर्स्याङ्दी क्बल, थ्रिस्टार क्लब र नेपाल प्रहरी पहिलो खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
फोटो सौजन्य : गोल नेपाल डट कम
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित