लन्डन । नमस्ते युरोप टिभी समूहले कतारमा गिरफ्तार आफ्ना सहकर्मी क्यामेराम्यान गुणदेव घिमिरे र मानवअधिकारकर्मी कृष्ण उपाध्यायको सकुशल रिहाइका लागि कतार सरकारसंग माग गरेको छ ।
कतारमा कार्यरत नेपाली श्रमिकको अवस्थाबारे अध्ययन तथा वृत्तचित्र निर्माण गर्न त्यहां गएका ति दुई गत आइतबारदेखि वेपत्ता छन् ।
समूहले एक विज्ञप्तिमार्फत उनीहरुको अवस्था हालसम्म अज्ञात रहेकोबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउंदै घिमिरे र उपाध्यायलाई कतारी प्रहरीले गिर्फतार गरि यातनासम्म दिएको हुन सक्ने भन्ने विभिन्न समाचार रिपोर्ट र पारिवारिक श्रोतको भनाइले अझ चिन्तित भएको समेत जनाएको छ ।
कतार जस्तो विकसित मुलुकले वृत्तचित्र बनाएकै आधारमा कुनै पनि देशका नागरिकलाई पक्रेर स्थिति अज्ञात बनाउनु कदापी स्वीकार्य नहुने विज्ञप्तिमा छ ।
नमस्ते युरोप टिभी समूहले उनीहरुको जीवनरक्षाका लागि सक्दो पहल गरिदिन बेलायत, नेपाल सरकार र गैर आवासीय नेपाली संघलाई अनुरोध गर्दै उनीहरुको रिहाइका लागि हालसम्म पहल गर्ने ब्रिटिश एवं नेपाली मिडिया, गैर आवासीय नेपाली संघ, शुभचिन्तक तथा सबैमा आभार समेत व्यक्त गरेको छ ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी