लन्डन । नमस्ते युरोप टिभी समूहले कतारमा गिरफ्तार आफ्ना सहकर्मी क्यामेराम्यान गुणदेव घिमिरे र मानवअधिकारकर्मी कृष्ण उपाध्यायको सकुशल रिहाइका लागि कतार सरकारसंग माग गरेको छ ।
कतारमा कार्यरत नेपाली श्रमिकको अवस्थाबारे अध्ययन तथा वृत्तचित्र निर्माण गर्न त्यहां गएका ति दुई गत आइतबारदेखि वेपत्ता छन् ।
समूहले एक विज्ञप्तिमार्फत उनीहरुको अवस्था हालसम्म अज्ञात रहेकोबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउंदै घिमिरे र उपाध्यायलाई कतारी प्रहरीले गिर्फतार गरि यातनासम्म दिएको हुन सक्ने भन्ने विभिन्न समाचार रिपोर्ट र पारिवारिक श्रोतको भनाइले अझ चिन्तित भएको समेत जनाएको छ ।
कतार जस्तो विकसित मुलुकले वृत्तचित्र बनाएकै आधारमा कुनै पनि देशका नागरिकलाई पक्रेर स्थिति अज्ञात बनाउनु कदापी स्वीकार्य नहुने विज्ञप्तिमा छ ।
नमस्ते युरोप टिभी समूहले उनीहरुको जीवनरक्षाका लागि सक्दो पहल गरिदिन बेलायत, नेपाल सरकार र गैर आवासीय नेपाली संघलाई अनुरोध गर्दै उनीहरुको रिहाइका लागि हालसम्म पहल गर्ने ब्रिटिश एवं नेपाली मिडिया, गैर आवासीय नेपाली संघ, शुभचिन्तक तथा सबैमा आभार समेत व्यक्त गरेको छ ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन