लन्डन । नेपालमा करोड क्लव प्रवेश गर्न सफल डार्क कमेडी चलचित्र “झोले” यसै साता लण्डनस्थित वुलवीच ग्राण्ड थिएटरमा हाउसफूलसहित प्रदर्शन गरिएको छ । “झोले” लाई लण्डनमा के. के. मुभिज् प्रोडक्स्नले कपिलवस्तु समाजको सहकार्यमा प्रदर्शन गरेको हो ।
दीपेन्द्र के. खनाल निर्देशित “झोले” मा दयाहाङ्ग राई, प्रियंका कार्की शीर्ष भूमिकामा छन् । यसै चलचित्रबाट दयाहाङ्ग राई र प्रियंका कार्कीले पपुलर नायक नायिकाको अवार्ड पाएका थिए ।
“झोले” नेपालबाट निर्देशक, चलचित्र सेन्सर बोर्डका सदस्य तथा दर्शना आर्ट्सका सिइओ सुरेश दर्पण पोखरेलले बेलायत ल्याएका हुन् । चलचित्र प्रदर्शन अगाडि मनिष श्रेष्ठले संचालन गरेको औपचारिक कार्यक्रममा कपिलवस्तु समाजका अध्यक्ष दीपक श्रेष्ठ र एन्. आर्. एन्. ए. आइसीसी सदस्य तथा समाजसेवी विनोद ज्ञवालीले फूल र खादाले संयुक्त रुपमा निर्देशक पोखरेललाई सम्मान गरेका थिए । सोही अवसरमा कपिलवस्तु समाजका महासचिव हरिश ज्ञवालीले संस्था र भावी योजनाबारे प्रकाश पारेका थिए ।
चलचित्र प्रदर्शनीमा विशेष गरी श्री ५ वीरेन्द्र फुटबल क्लब यूके, विकेश बस्नेत, रमा लामिछाने, कृष्ण सुवेदी, दिपक गुरुङ लगायतले सहयोग गरेका थिए भने मिडियातर्फ
यूरोपको नेपालीपत्र थियो । चलचित्र “झोले” लण्डनका अन्य विभिन्न शहरमा प्रर्दशन गरिने भएको छ ।
यसैबीच के. के. मुभिज प्रोडक्सन र मुभी क्लबको संयुक्त आयोजनामा यही १४ सेप्टेम्बर लोटस क्लब वुलवीचमा यस वर्ष सर्वाधिक व्यापार गर्न सफल चलचित्र “नाई नभन्नु ल २” प्रदर्शन गरिने भएको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक