लन्डन । लन्डनस्थित नेपाली दूतावासको नेपाली समुदायमाझ गएर मेसिन रिडेवल पासपोर्ट (एमआरपी) फाराम संकलन गर्ने अभियान जारी छ ।
दूतावास यो वीकेन्ड ९ औं शहर वेल्स्मा फाराम संकलन गर्न व्यस्त छ । स्वीन्डनबाट शुरु यो अभियानबाट हालसम्म दुई हजार भन्दा बढि फाराम संकलन भइसकेको वेल्स्मा रहेका कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले वीनेपालीलाई जनाए ।
फिल्डमै गएर फाराम संकलन गर्दा लन्डन दूतावाससम्म जान समय र खर्च वचत, असक्त वृद्धवृद्धालाई राहत, फाराम बिग्रेर खेप्नुपर्ने सास्ती अन्त्य र प्रत्यक्ष जनमानस संग भेट्दा बिग्रेको फाराम सच्याउन र सिकाउन सकिने क्षेत्रीले उल्लेख गरे ।
वीकेन्डका बेला दूतावास कर्मचारीले फोकस्टोन, बर्मिङ्हम, स्टोनहेज, नटिंगहाम, अक्सफोर्डसायर, आसफोर्ड, बेजिङ्स्टोक लगायत नेपाली उल्लेख्य भएका शहर पुगेर फाराम संकलन गरिसकेका छन् । दूतावास वेल्स्पछि स्कटल्याण्ड, योर्कसायर, ननिटन आदि शहर जांदैछ ।
आगामी वर्ष सन् २०१५, नोभेम्बर २४ पछि हस्तलिखित राहदानी अमान्य हुने अन्तर्राष्ट्रिय नियमले लन्डन दूतावासमा एमआरपी आवेदन दिनेहरुको भीड अन्त्यतिर अप्रत्यासित नबढोस् भन्ने उद्देश्यले बेलैमा यो अभियान थालिएको दूतावासको भनाइ छ । कार्यालय समयको चाप कम गर्न र बेलैमा एमआरपी दिलाउन दूतावासले यो अभियान सारेको क्षेत्रीले जनाए । दूतावासमा कर्मचारी अभावले कामको चाप अत्यधिक छ । एकजना कर्मचारीले दैनिक करिब ८८ जना सेवाग्राहीसंग डिल गर्नुपरेको गुनासो दूतावासको छ । फोन चाहिएको बेला नउठ्ने गुनासो त सामान्य भइसक्यो ।
गत आ.व. ७०, ७१ मा लन्डनस्थित नेपाली दूतावासले करिब दश हजार एमआरपी जारी गरेको छ भने यसबाट करिब २२ करोड ६० लाख रुपैयां (१३ लाख ७० हजार पाउण्ड) राजश्व संकलन भएको दूतावासले जनाएको छ ।
एमआरपीबारे सम्पूर्ण जानकारी, आवश्यक प्रक्रिया, कागजात, एमआरपी बनेर आए नआएको हेर्ने व्यवस्था आदिबारे आफ्नो वेवसाइटमा राखिएको जनाउंदै दूतावासले साइट हेर्न समेत आग्रह गरेको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा