लन्डन । गैर आवासीय नेपाली संघ, बेलायतले सुनकोशी नदी थुनिएर आएको बाढी पीडितका लागि आर्थिक संकलन कार्य शुरु गरेको छ । अल्डरसटस्थित निरमाया रोधीघरमा आपतकालिन रात्री भोज आयोजना गरि दानवीरहरुबाट आर्थिक संकलन गरिएको हो ।
एनआरएनए आइसीसी, मानवीय सहायता समितिका सहसंयोजक कुल आचार्यको संयोजकत्वमा भएको उक्त रात्रीभोजमा सहभागी कम भएपनि सोचेभन्दा बढि रकम संकलन भएको आचार्यले जनाए । भोलि आइतबार हुने बैठकमा सबै हिसावकिताव गरिनेछ । संयोजक आचार्यले दाताहरुप्रति धन्यवाद दिंदै विश्वभर छरिएर रहेका नेपालीलाई मानवीय सहयोग गर्न अपिल गरेका छन् ।
उक्त कार्यक्रम अध्यक्ष योगेन क्षेत्रीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एनआरएनए यूके संरक्षक तथा आइसीसी सल्लाहकार डमर घले, संरक्षक सूर्य गुरुङ, आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित, आइसीसी सदस्य थर्क सेन, एनआरएनए यूके सल्लाहकारहरु शेर सुनार, वाचस्पति रेग्मी, एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर लगायत करिब ६० जना सहभागी थिए ।
आगामी २४ अगष्टसम्म संकलन कार्य जारी रहने र अन्तिम महिनाभित्र हस्तान्तरण गरिने महासचिव योग फगामीले जनाए । एनआरएनए यूकेले
मानवीय काममा सघाउन सबैलाई आग्रह समेत गरेको छ ।
उक्त कार्यक्रम व्यवस्थापन डमर घलेले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव फगामीले गरेका थिए । रात्री भोजमा थर्क सेन, कमला लिम्बु, विश्व आदर्श पण्डित, डमर घले, सूर्य गुरुङ, संयोजक कुल आचार्य लगायतले मन्तव्य राख्दै मानवीय सहायता गर्न प्रेरित गरे ।
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय