
लन्डन । कोशेली सांस्कृतिक परिवारले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । जुलाई अन्तिम साता लन्डनस्थित ह्यारो फुटबल क्लवमा संस्थाका अध्यक्ष अमृत गुरुङ्गको अध्यक्षतामा कार्यक्रम भएको हो ।
मन्तव्यका क्रममा प्रमुख अतिथी क्षेत्रीले कोशेली सांस्कृतिक परिवारले विगत लामो समय देखि नेपाली कला, संस्कृतिको जगेर्ना तथा उत्थान गर्दै आएकोमा सर्हाना गर्दै दूतावासको तर्फबाट भरमग्दुर सहयोग
गर्ने आश्वासन दिए ।
अध्यक्ष गुरुङ्गले नेपालीहरुले सजग भएर आफ्ना सन्ततिलाई नेपाली कला संस्कृतिको चिनारी नदिने हो भने भविष्यमा कला संस्कृति नै लोप हुने तर्फ चिन्ता व्यक्त गरे । उनले कोशेलीको उद्देश्य नेपाली कला संस्कृति जोगाउनु रहेको पनि बताए ।
उक्त समारोहमा लामो समय देखि संस्थामा आवद्ध भई सहयोग गर्दै आएका समाजसेवी तथा संस्थाका भूतपूर्व अध्यक्ष वसन्त राय क्षेत्रीलाई लाइफ टाइम अचिप्मेन्टले सम्मान गरिएको थियो ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत संस्थाका सदस्य उज्वल श्रेष्ठको संगीत संयोजकत्वमा अमृत गुरुङ्ग, शर्मिला सिंह, पूर्ण मान बज्राचार्य र निश्चल दाहाल द्वारा गायन प्रस्तुत गरिएको थियो भने सरु राना मगरको नृत्य निर्देशिकामा स–साना बालबालिकाले विविध नृत्य प्रस्तुत गर्दै दर्शकहरुलाई मन्त्रमुग्ध बनाए ।
उक्त कार्यक्रमलाई ट्राभल कन्सोलका प्रोपाइटर विराज भट्ट, मन्टिज रेष्टुरेण्ट इलिङ्गका प्रोपाइटर महन्त बहादुर श्रेष्ठ तथा हंग्री यति रेष्टुरेण्टका प्रोपाइटर माधवलाल श्रेष्ठले मुख्य प्रायोजन गरेका थिए ।
समारोहको औपचारिक कार्यक्रम संस्थाका सचिव खेम काजी गौतमले
सञ्चालन गरेका थिए भने विविध संस्कृतिक कार्यक्रम सञ्चालन संस्थाका सदस्य सरु राना मगर तथा पूर्व महासचिव शर्मिला सिंहले गरेका थिए ।
तस्विरः नेपालीसमाजयूकेडटकम
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]