लन्डन । करिव महिना दिन बांकी रहंदा चौंथो ‘मिस यूके नेपाल २०१४’ का प्रतिष्पर्धीहरु यतिखेर मिस फोटो जेनिकका लागि अनलाइन भोट बटुल्न व्यस्त छन् । प्रतिष्पर्धी ११ जना सबैमा मिस यूके नेपालको उपाधि समेत जित्ने आत्मविश्वास छ । ‘मलाई मिस फोटो जेनिकमा भोट दिएर सघाउनुस् ल’, शुक्रवार भेटिएकी एक प्रतिष्पर्धी आर्या शर्माले भनिन्, ‘मिस यूके नेपाल उपाधि समेत जित्ने विश्वास लिएर मैदानमा छु, आशा छ मेरो सपना पुरा हुनेछ ।’ आर्या जस्तै अरु दश सुन्दरी पनि आ आफ्नै हिसावले तयारी गरिरहेका छन् ।
आयोजक इभेन्ट एण्ड आइडियाज्की निर्देशक शान्ति गुरुङका अनुसार अगष्ट ३१ तारिख सांझ अल्डरसटस्थित प्रिन्सेस हलमा ‘ग्रयाण्ड फिनाले’ हुनु अघि १७ अगष्टमा मिस ट्यालेन्ट, मिस वेष्ट फिगर र मिस पर्सनालिटीका लागि ट्यालेन्ट शो गरिनेछ । ‘त्यसपछि प्रतियोगिताको अन्तिम दिनसम्म निरन्तर प्रशिक्षण सेसन हुनेछ’, शान्तिले बताइन् ।
यसपटक मिस यूके नेपाल २०१४ मा उल्भरह्याम्पटनवासी आर्या शर्मा (२०),
नर्थहोल्ट लन्डनकी २२ वर्षीया निता तामाङ, रेडिङ बस्ने सपना श्रेष्ठ (२२), २२ वर्षीया रोजी अर्याल, फार्नवोरोकी १७ वर्षीया यमुना नेम्वाङ लिम्बु, वेम्ली लन्डन बस्ने जेनी गुरुङ (२१), हेजकी पोसकुमारी गाह (२१), आसफोर्ड केन्टकी निया देवान (२०) र इष्टवर्नकी सुमी श्रेष्ठ
(२१), २३ वर्षीया सुस्मिता थापा र त्यत्ति उमेरकी नतासा लिम्बु भिड्दै छन् ।
सन् २०१० देखि शुरु भएको मिस यूके नेपालको पहिलो उपाधि नवीना गुरुङले जितेकी थिइन् । त्यसपछि गौमाया गुरुङ (२०११) र दुर्गा गुरुङ (२०१२) मिस यूके नेपाल बन्ने भाग्यमानी थिए । गत वर्ष भने पर्याप्त प्रतियोगी नहुंदा प्रतियोगिता स्थगित गरिएको थियो ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित