मिस यूके नेपाल जित्ने दाउ

Miss Uk participantssss

लन्डन । करिव महिना दिन बांकी रहंदा चौंथो ‘मिस यूके नेपाल २०१४’ का प्रतिष्पर्धीहरु यतिखेर मिस फोटो जेनिकका लागि अनलाइन भोट बटुल्न व्यस्त छन् । प्रतिष्पर्धी ११ जना सबैमा मिस यूके नेपालको उपाधि समेत जित्ने आत्मविश्वास छ । ‘मलाई मिस फोटो जेनिकमा भोट दिएर सघाउनुस् ल’, शुक्रवार भेटिएकी एक प्रतिष्पर्धी आर्या शर्माले भनिन्, ‘मिस यूके नेपाल उपाधि समेत जित्ने विश्वास लिएर मैदानमा छु, आशा छ मेरो सपना पुरा हुनेछ ।’ आर्या जस्तै अरु दश सुन्दरी पनि आ आफ्नै हिसावले तयारी गरिरहेका छन् ।

आयोजक इभेन्ट एण्ड आइडियाज्की निर्देशक शान्ति गुरुङका अनुसार अगष्ट ३१ तारिख सांझ अल्डरसटस्थित प्रिन्सेस हलमा ‘ग्रयाण्ड फिनाले’ हुनु अघि १७ अगष्टमा मिस ट्यालेन्ट, मिस वेष्ट फिगर र मिस पर्सनालिटीका लागि ट्यालेन्ट शो गरिनेछ । ‘त्यसपछि प्रतियोगिताको अन्तिम दिनसम्म निरन्तर प्रशिक्षण सेसन हुनेछ’, शान्तिले बताइन् ।

यसपटक मिस यूके नेपाल २०१४ मा उल्भरह्याम्पटनवासी आर्या शर्मा (२०),
नर्थहोल्ट लन्डनकी २२ वर्षीया निता तामाङ, रेडिङ बस्ने सपना श्रेष्ठ (२२), २२ वर्षीया रोजी अर्याल, फार्नवोरोकी १७ वर्षीया यमुना नेम्वाङ लिम्बु, वेम्ली लन्डन बस्ने जेनी गुरुङ (२१), हेजकी पोसकुमारी गाह (२१), आसफोर्ड केन्टकी निया देवान (२०) र इष्टवर्नकी सुमी श्रेष्ठ 
(२१), २३ वर्षीया सुस्मिता थापा र त्यत्ति उमेरकी नतासा लिम्बु भिड्दै छन् ।

सन् २०१० देखि शुरु भएको मिस यूके नेपालको पहिलो उपाधि नवीना गुरुङले जितेकी 
थिइन् । त्यसपछि गौमाया गुरुङ (२०११) र दुर्गा गुरुङ (२०१२) मिस यूके नेपाल बन्ने भाग्यमानी थिए । गत वर्ष भने पर्याप्त प्रतियोगी नहुंदा प्रतियोगिता स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री