लण्डन । बेलायतमा सवारीसाधन चलाउँदै आएकाहरुले आगामी अक्टोबर १ तारिखदेखि सवारी साधनमा राखिने कागजको गोलो सवारी कर रसिद राख्न नपर्ने भएको छ ।
बेलायतको सवारीसम्बन्धी मामिला हेर्ने ड्राइभिङ तथा भेइकल लाइसेन्सिङ एजेन्सी (डिभिएलए)का अनुसार सो मितिदेखि सवारी कर विद्युतीय प्रविधिमा राखिने छ ।
बेलायतमा विगत ९३ वर्षदेखि सवारी साधनमा त्यस किसिमको सवारी कर तिरेको कागजको गोलो रसिद सवारीसाधनको अघिल्लो भागको सिसामा राखिँदै आइएको थियो ।
परिवर्तित व्यवस्थाअनुसार सवारीचालकहरुले अब सीधै बैँक (डाइरेक्ट डेविट) मार्फत सवारी कर तिर्नुपर्ने छ । एजेन्सीले महिना, छ महिना र एक वर्षको सवारी कर तिर्न सकिने व्यवस्था गरेको छ । महिना र छ महिनाको सवारी कर तिरेमा वर्षमा ५ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्ने छ ।
अहिले छ महिनाको सवारी कर तिर्दा १० प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्दछ । हाल २३ प्रतिशत सवारी धनीले छ महिनाको कर तिर्ने गरेको तथ्यांक छ ।
एजेन्सीका अनुसार डिभीएलएको वेभसाइटमा कारको रजिस्टर नम्बर प्रविष्ट गरी कहिले सवारी कर तिर्नपर्ने हो पत्ता लगाउन सकिनेछ ।
सवारी कर छल्नेहरुलाई पक्रन नम्बर प्लेट पढ्ने स्वचालित क्यामेराहरु प्रयोग गरिने एजेन्सीले जनाएको छ ।
नयाँ नियमअनुसार अब कार किन्नेहरुले नयाँ वा प्रयोग भएका कारको साथसाथै सवारी कर पनि तिर्नपर्ने छ । पहिलेजस्तो पुरानो कार धनीबाट कार किन्नासाथ सवारी कर नयाँमा सर्ने प्रक्रिया रोकिने छ ।
गाडी बेचेपछि बिक्रेताले डिभिएलएलाई सवारीको स्वामित्वका बारेमा तत्काल जानकारी गराउनुपर्ने छ । अन्यथा १ हजार पाउण्ड जरिवाना हुन सक्ने व्यवस्था छ । यसका साथै बेचिसकेको सवारीको बढी स्पीड, पार्किङ, सवारी कर लगायतको फाइन पनि तिर्नुपर्ने हुनसक्छ ।
सवारी बिक्री भएको जानकारी दिएपछि एजेन्सीले बिक्रेताको बैाकखातामा बाँकी सवारी कर फिर्ता गरिदिने बताइएको छ ।
कार नष्ट (स्क्राप) गरिने भएमा, निर्यात भएमा, गाडी सडकबाट हटेमा वा गाडीका धनीलाई सडकमा सवारी चलाउन अनुमतिबाट वञ्चित गरिएमा पनि सवारी कर फिर्ता हुने छ ।
नयाँ व्यवस्थाबाट सवारी धनीलाई सवारीकर भुक्तानी गर्ने उपाय थपिने, डाक खर्च घट्ने र सवारी कर छलीलाई नियन्त्रण हुने बताइएको छ । अनुसन्धानकर्ताहरुका अनुसार गत वर्ष मात्र एजेन्सीले ४२.२ मिलियन कागजको सवारी कर तिरेको गोलो रसिद छापेको थियो । जसको तौल ७२.२ टन बराबरको थियो ।
नयाँ व्यवस्थाले करदाताको १० मिलियन पाउण्ड खर्च हुनबाट जोगाउने आँकलन गरिएको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार नयाँ व्यवस्थाका बारेमा आधा सवारी चालकहरुलाई जानकारी नै छैन । दिस इज मनीडटकमका अनुसार छ प्रतिशत सवारी धनीहरुले परिवर्तित व्यवस्था अर्को वर्षबाट लागू हुने बताएका छन् भने ३२ प्रतिशतलाई कुनै अपडेट थाहा छैन । एक तिहाइ सवारी धनीले डिभिएलएको अलर्ट पर्खिरहेको बताएका छन् ।
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग