लण्डन । बेलायतमा सवारीसाधन चलाउँदै आएकाहरुले आगामी अक्टोबर १ तारिखदेखि सवारी साधनमा राखिने कागजको गोलो सवारी कर रसिद राख्न नपर्ने भएको छ ।
बेलायतको सवारीसम्बन्धी मामिला हेर्ने ड्राइभिङ तथा भेइकल लाइसेन्सिङ एजेन्सी (डिभिएलए)का अनुसार सो मितिदेखि सवारी कर विद्युतीय प्रविधिमा राखिने छ ।
बेलायतमा विगत ९३ वर्षदेखि सवारी साधनमा त्यस किसिमको सवारी कर तिरेको कागजको गोलो रसिद सवारीसाधनको अघिल्लो भागको सिसामा राखिँदै आइएको थियो ।
परिवर्तित व्यवस्थाअनुसार सवारीचालकहरुले अब सीधै बैँक (डाइरेक्ट डेविट) मार्फत सवारी कर तिर्नुपर्ने छ । एजेन्सीले महिना, छ महिना र एक वर्षको सवारी कर तिर्न सकिने व्यवस्था गरेको छ । महिना र छ महिनाको सवारी कर तिरेमा वर्षमा ५ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्ने छ ।
अहिले छ महिनाको सवारी कर तिर्दा १० प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्दछ । हाल २३ प्रतिशत सवारी धनीले छ महिनाको कर तिर्ने गरेको तथ्यांक छ ।
एजेन्सीका अनुसार डिभीएलएको वेभसाइटमा कारको रजिस्टर नम्बर प्रविष्ट गरी कहिले सवारी कर तिर्नपर्ने हो पत्ता लगाउन सकिनेछ ।
सवारी कर छल्नेहरुलाई पक्रन नम्बर प्लेट पढ्ने स्वचालित क्यामेराहरु प्रयोग गरिने एजेन्सीले जनाएको छ ।
नयाँ नियमअनुसार अब कार किन्नेहरुले नयाँ वा प्रयोग भएका कारको साथसाथै सवारी कर पनि तिर्नपर्ने छ । पहिलेजस्तो पुरानो कार धनीबाट कार किन्नासाथ सवारी कर नयाँमा सर्ने प्रक्रिया रोकिने छ ।
गाडी बेचेपछि बिक्रेताले डिभिएलएलाई सवारीको स्वामित्वका बारेमा तत्काल जानकारी गराउनुपर्ने छ । अन्यथा १ हजार पाउण्ड जरिवाना हुन सक्ने व्यवस्था छ । यसका साथै बेचिसकेको सवारीको बढी स्पीड, पार्किङ, सवारी कर लगायतको फाइन पनि तिर्नुपर्ने हुनसक्छ ।
सवारी बिक्री भएको जानकारी दिएपछि एजेन्सीले बिक्रेताको बैाकखातामा बाँकी सवारी कर फिर्ता गरिदिने बताइएको छ ।
कार नष्ट (स्क्राप) गरिने भएमा, निर्यात भएमा, गाडी सडकबाट हटेमा वा गाडीका धनीलाई सडकमा सवारी चलाउन अनुमतिबाट वञ्चित गरिएमा पनि सवारी कर फिर्ता हुने छ ।
नयाँ व्यवस्थाबाट सवारी धनीलाई सवारीकर भुक्तानी गर्ने उपाय थपिने, डाक खर्च घट्ने र सवारी कर छलीलाई नियन्त्रण हुने बताइएको छ । अनुसन्धानकर्ताहरुका अनुसार गत वर्ष मात्र एजेन्सीले ४२.२ मिलियन कागजको सवारी कर तिरेको गोलो रसिद छापेको थियो । जसको तौल ७२.२ टन बराबरको थियो ।
नयाँ व्यवस्थाले करदाताको १० मिलियन पाउण्ड खर्च हुनबाट जोगाउने आँकलन गरिएको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार नयाँ व्यवस्थाका बारेमा आधा सवारी चालकहरुलाई जानकारी नै छैन । दिस इज मनीडटकमका अनुसार छ प्रतिशत सवारी धनीहरुले परिवर्तित व्यवस्था अर्को वर्षबाट लागू हुने बताएका छन् भने ३२ प्रतिशतलाई कुनै अपडेट थाहा छैन । एक तिहाइ सवारी धनीले डिभिएलएको अलर्ट पर्खिरहेको बताएका छन् ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’