
दाङको बबई नदीमा आएको बाढीले भत्किएको घरमा बसेर खाना खाँदै गरेका पीडित । तस्बिर साभार ः देवेन्द्र बस्नेत
लन्डन । नेपाल यतिखेर प्राकृतिक विपत्तिको चपेटामा छ । मुलुकमा विभिन्न भागमा बाढी पहिरोले धेरै जनधनको क्षति भएको खवर प्राप्त भइरहेका छन् । गत महिना सिन्धुपाल्चोक जिल्लास्थित जुरेमा पहिरो र बाढी पस्दा अझ बढि जनधनको क्षति भयो । मानवीय सहायतामा सरकारले आसा अनुरुप कार्य नगरेपछि प्रवासी नेपालीको मन सहयोगतिर बढेको छ । प्राकृतिक विपत्तिले बेलायतवासी नेपालीको मन समेत पग्लिएर उनीहरु सहयोग जुटाउन तातेका हुन् ।
नेपाल पत्रकार महासंघ बेलायत र हेल्प नेपाल नेटवर्क यूकेद्धारा अघि सारिएको नेपालका बाढी तथा पहिरो पीडितहरुका लागि राहत संकलन कार्य लक्ष्य नजिक पुगेको छ । एक साता अघि महासंघ र हेल्प नेपालले संयुक्त रुपमा बाढी पहिरो पीडितहरुलाई मानवीय सहायताका लागि अपिल गरेपछि सहयोग तीव्र रुपमा संकलन भएको हो ।
https://www.justgiving.com/landslideFarwestNepal र
एसएमएस मार्फत सहयोग संकलन भएको थियो । हालसम्म करिव ७ हजार ६ सय बीस पाउण्ड संलकन भइसकेको छ । ८ हजार पाउण्ड उठाउने लक्ष्य राखी सुरु गरिएको यो कार्य समाचार तयार पार्दासम्म ९५ प्रतिशत पुरा भइसकेको छ । यसमा ३९५ जनाले डोनेशन गरेका छन् ।
‘राम्रो कार्य र राम्रो संसार बनाउने काममा नहिचकिचाई सहयोग गर्नुपर्छ’, नसिव राईले सहयोग गर्दै भनेका छन् । त्यस्तै, युकेश गुरुङले मानवीय कार्यमा सहयोग गर्दैमा कोही गरिव नहुने उल्लेख गरेका छन् । चन्दादाताहरुले बाढीपीडितलाई थोरै रकम भएपनि सहयोग गर्न पाएको भन्दै खुशी समेत व्यक्त गरेका छन् ।
उता, गैर आवासीय नेपाली संघ, बेलायतको पनि सहयोग संकलन कार्य जारी छ । एनआरएनए आइसीसी मानवीय सहायता समितिका सहसंयोजक कुल आचार्यको संयोजकत्वमा बेलायतमा गैर आवासीय नेपालीबाट आर्थिक सहयोग संकलन भइरहेको छ । हाल सम्म करिब चार लाख रुपैयां सहयोग जुटेको र यो कार्य जारी रहेको आचार्यले जनाए । सो रकम एनआरएनए आइसीसी मानवीय सहायता कोषमार्फत पीडित परिवारसमक्ष छिट्टै पुर्याइने छ ।
त्यसैगरि, नेपाली मेला भव्य सफल बनाएको तमुधिं यूकेले सोही अवसरमा आइतबार एकहजार पाउण्ड सुनकोशी बाढी पीडितका लागि दिने घोषणा गरेको छ भने उत्कृष्ट झांकी देखाएर पुरस्कारवापत प्राप्त नगदमा थपी पुन समाज यूकेले सात सय पाउण्ड दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
व्यक्तिगत र अन्य संघसंस्थाको मानवीय सहायता पनि जारी छ । त्यसवाहेक अमेरिका, क्यानडा, युरोपलगायतबाट पनि सहयोग संकलन भइरहेको जनाइएको छ ।
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’