लण्डन । ब्रिटिश सेनाबाट निवृत्त गोरखा भूतपूर्व सैनिकहरुको पेन्सनमा १० प्रतिशतले वृद्धि भएको छ ।
बेलायती रक्षा मन्त्रालयले यसैसाता जारी गरेको विज्ञप्तिअनुसार बढेको पेन्सन यही अप्रिल १ देखि लागू हुने छ । मन्त्रालयका अनुसार नेपाल राष्ट्र बैँकले उपलब्ध गराएको मुद्रास्फितिको दरअनुसार यसवर्ष १०.३ प्रतिशतले पेन्सन वृद्धि गरिएको हो ।
बेलायती रक्षा मन्त्रालयले भारतीय पेन्सनका आधारमा गोरखाहरुलाई पेन्सन दिने गरेको छ । त्यसमा नेपालको बजारभाउ र जीवनयापनलाई आधार बनाएर पेन्सन दर कायम गर्ने गरिएको मन्त्रालयको दाबी छ ।
पेन्सन वृद्धिपछि सबैभन्दा कम पेन्सन १५ वर्ष सेवा गरेका कर्पोरल दर्जाभन्दा मुनीका गोरखाले मासिक २० हजार ४८४ भारतीय रुपियाँ पेन्सन पाउँछन् भने सोही अवधि सेवा गरेका कर्पोरलले २१ हजार ३३, सार्जेन्टले २१ हजार ८५६, कलर सार्जेन्टले २२ हजार ७३१ पेन्सन पाउने छन् । १५ वर्ष सेवा गरेका डब्ल्युओटी दर्जाबाट अवकास पाएकाले २३ हजार ६४०, डब्ल्यु ओवानले २४ हजार ५८५, लेफ्टिनेन्टले २८ हजार ८४६, क्याप्टेनले ३४ हजार ५७ र मेजरले ३४ हजार ९६७ भारतीय रुपियाँ मासिक पेन्सन थाप्नेछन् ।
सबैभन्दा बढी पेन्सन पाउनेमा २८ देखि ३२ वर्षसम्म सेवा गरेका मेजरले मासिक ५७ हजार ६८० र ३२ वर्ष सेवा गरेका अनेरी मेजरले ६६ हजार ६३१ भारतीय रुपियाँ मासिक पेन्सन पाउने छन् ।
फ्यामिली पेन्सनतर्फ कर्पोरलभन्दा मुनीका गोरखाका फ्यामिलीहरुले मासिक १४ हजार ६३५ भारतीय रुपियाँ थाप्नेछन् भने गोरखा कमिसन अफिसर (जीसीओ) मेजरका फ्यामिलीले ५० हजार ७९३ भारु मासिक पेन्सन पाउने छन् ।
सेन्टर फर नेपाल स्टडिज युकेका अध्येता डा. कृष्ण अधिकारी र डा. चन्द्र लक्सम्बाका अनुसार हाल पेन्सन पाउने गोरखा र फ्यामिली पेन्सन थाप्ने दिवंगत गोरखाका परिवारको संख्या २२ हजार ९३५ छ । त्यस्तैगरी ६ हजार ५३४ जना गोरखाहरुले कुनै पनि पेन्सन पाउँदैनन् भने ३ हजार ४३८ जना गोरखाहरुले मासिक ४० पाउण्डका दरले च्यारिटी पेन्सन पाउँछन् ।
बेलायत सरकारले भेदभाव गरी सहकर्मीसरह पेन्सन नदिएको आरोप गोरखाहरुले लगाउँदै आएका छन् । समान पेन्सन उनीहरुको प्रमुख माग रहँदै आएको छ ।
कसको कति बढ्यो ? पूर्ण विवरण
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श