के छ एनआरएन युकेको गोप्य सहमतिमा ?

NRN montaz

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतमा देखिएको विभाजनलाई एकता कायम गर्न ‘असाधारण एकता सम्मेलन’ मार्फत २० बुदे गोप्य सहमति भएको खुल्नमा आएको छ ।

लन्डनस्थित नेपाली दुतावासमा २९ सेप्टेम्वर २०१३ सालमा एनआरएन युकेका संरक्षकको हैसियतले प्रा. डा. सूर्यप्रसाद सुवेदीको मुख्य पहलमा तत्कालीन समयमा आपूmलाई अध्यक्ष दाबी गरिरहेका योगेन क्षेत्री र महेन्द्र कँडेलबीच सो ‘गोप्य सहमति’ भएपछि एनआरएन युकेमा एकता छाएको हो ।
गत सेप्टेम्बर १५ मा अलग अलगरुपमा गैर आवासीय नेपाली संघ युकेको महाधिवेसन गरी योगेन क्षेत्री र महेन्द्र कँडेलले आ–आफ्नो अध्यक्षतामा कार्यसमिति गठन गरेपछि एनआरएन युकेमा विवाद देखिएको थियो । सो विवाद समाधान गर्न असाधारण एकता सम्मेलन गरिएको थियो । सम्मेलनमा गरिएको र युकेबासी आम नेपालीले हेर्न नपाएको २० बुँदे सहमतिको दस्तावेज वीनेपालीले प्राप्त गरेको छ ।

दस्तावेज अनुसार गैर आवासीय नेपाली संघ युकेको अध्यक्ष, सहअध्यक्ष महासचिव, सहमहासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पद एक÷एक वर्ष चक्रिय प्रणाली अनुसार सम्हाल्न दुवै पक्ष सहमत भएका छन् ।

जस अनुसार एनआरएन युकेमा योगेन क्षेत्री र महेन्द्र कँडेल दुवैलाई अध्यक्षका रुपमा मान्यता दिने र सहमति भएको मितिबाट अर्काे एक वर्ष (२९ सेप्टेम्बर २०१४) सम्म क्षेत्रीले कार्यकारी अध्यक्ष र कँडेलले सहअध्यक्षका रुपमा काम गर्ने उल्लेख छ । त्यसैगरी २९ सेप्टेम्बर २०१४ देखि कँडेलले कार्यकारी अध्यक्ष सम्हाल्ने र क्षेत्रीले सहअध्यक्ष सम्हाल्ने बताइएको छ ।

उपाध्यक्षमा दुई पक्षका दुई–दुई गरी चार र एक महिला गरी पाँच जनालाई कायम गर्ने, महासचिव (राष्ट्रिय संयोजक) मा पहिलो वर्ष योगकुमार फगामी र सहमहासचिव (सहसंयोजक)मा राजकुमार त्रिपाठी कायम रहने तथा दोस्रो वर्ष महासचिवमा त्रिपाठी र सहमहासचिवमा फगामी रहने बताइएको छ ।

त्यस्तै, कोषाध्यक्षमा पहिलो वर्ष दासुराम पाण्डे र सहकोषाध्यक्षमा ठाकुर शर्मा रहने सहमति गरिएको छ भने दोस्रो वर्ष शर्मा कोषाध्यक्ष र पाण्डे सहकोषाध्यक्ष रहने बताइएको छ । कार्यसमितिका सदस्यमा दुई पक्षका १८ जनालाई मान्यता दिइने सहमति भएको छ । तर दुवै पक्षबाट निर्वाचित सहमहासचिवका बारेमा भने सहमति मौन छ ।

अन्तर्राष्ट्रिय समितिको सदस्यहरु सहमतिमा छान्ने र सहमति हुन नसकेमा गोलाप्रथाबाट छान्ने दस्तावेजमा उल्लेख छ । त्यसैगरी दुवै पक्षले गरेको महाधिवेशनको जायज खर्च अनुमोदन गर्नका लागि नयाँ कार्य समितिलाई प्रस्ताव पेश गर्न एनआरएन युकेका पूर्व अध्यक्ष सूर्य गुरुङको अध्यक्षतामा डा. चन्द्र लक्सम्बा र सिर्जनशील नेपाली समाजका अध्यक्ष शेर सुनार सदस्य रहेको समिति गठन गरिएको छ । त्यस्तै, एनआरएन आइसिसीका तत्कालिन प्रवक्ता डा. हेमराज शर्माको संयोजकत्वमा विधान संशोधन समिति गठन भएको छ ।

सहमति अनुसार सामाजिक सञ्जालमार्फत एक अर्कालाई व्यक्तिगत गाली बेइज्जती गर्न नपाइने उल्लेख छ । एनआरएन युकेमा विवाद भएपछि दुवै पक्षले एकअर्काका विरुद्ध सामाजिक सञ्जालमा समेत व्यक्तिगत गालीगलौज गर्न थालेका थिए ।

सहमति कार्यान्वयनका लागि संरक्षक प्रा. डा. सुवेदीको अध्यक्षतामा मेजर डमर घले, खगेन्द्र नेपाली, श्रीमती जया राई र डा. राघव धिताल सदस्य रहेको अनुशासन समिति गठन गरिएको छ । अनुशासन समितिलाई उजुरी गर्दा उजुरीकर्ताले प्रमाण पु¥याउनु पर्ने प्रावधान छ भने समितिले सहमति उल्लंघन गर्नेलाई पद मुक्त गर्नसक्ने अधिकारसम्म दिइएको छ ।

एनआरएन अभियानको जन्मभूमि युकेमा निम्तिएको विवादले सिंगो एनआरएनको उद्देश्यलाई प्रतिकूल असर पार्ने ठहर गरी प्रा.डा. सुवेदीले गैरआवासीय नेपाली संघका तत्कालीन अध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको सहमति सो काम गरेको दस्तावेजमा उल्लेख गरिएको छ । सो सहमतिपछि एनआरएन युकेको विवाद साम्य भएको थियो ।

बैठकले सहमतिमै सदस्य संख्या दुवैतिर गरी करिब १२ हजार पु¥याए पनि एनआरएन युकेको कोषमा दाखिला गर्ने रकम भने घटाएको थियो । सहमतिअनुसार दुवै पक्षले ३०÷३० हजार पाउण्ड तिरेका छन् । आप्mनो समूहका तर्फबाट महेन्द्र कँडेलले सो सहमतिको बैठकमै तीन हजार व्यक्तिको सदस्यता फाराम र २० हजार पाउण्डको चेक संरक्षक सुवेदीलाई हस्तान्तरण गरेका थिए । सहमति अनुसार योगेन क्षेत्रीले पनि ३० हजारभन्दा बढी तिरिएको पैसा फिर्ता लिएका थिए ।
असाधारण एकता सम्मेलनको निर्णयमा हस्ताक्षर गर्नेहरुमा प्रा. डा. सुवेदी, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगेन क्षेत्री, सहअध्यक्ष महेन्द्र कँडेल, संरक्षक क्याप्टेन हितमान गुरुङ, पूर्व अध्यक्ष मेजर डमर घले, पूर्व अध्यक्ष सूर्य गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव नरेश काङमाङ राई, योगेन क्षेत्रीका भाइ प्रवेश केसी, तामाङ सोसाइटीका पूर्व अध्यक्ष धर्मबहादुर तामाङ र निरमाया रोधीँघरका गणेशबहादुर गुरुङ छन् । त्यस्तै, एनआरएनका वर्तमान उपाध्यक्ष सूर्य नेम्वाङ, काँग्रेस नेता मीनबहादुर रानाभाट, एनआरएन पूर्व आइसिसी सदस्य विश्वआदर्श पण्डित, एनआरएन युकेका निवर्तमान अध्यक्ष कुल आचार्य, विपिन निरौला, विनोद ज्ञवाली, दासु पाण्डे, बुद्धिराम थापा, योगकुमार फगामी, गोपाल गुरुङ, पशुपति भण्डारी, चण्डी राई, सुरेन्द्र श्रेष्ठ, चिरन्जीवी ढकाल, राजन कँडेल, देवीमाया पुन, विज्ञान प्रसाई, फडिन्द्र भट्टराई, हिराधन राईलगायतले सो सहमतिमा हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस सहमतिको पूर्णपाठ:

KM_C554e-20140210161412

KM_C554e-20140210161412

KM_C554e-20140210161412

KM_C554e-20140210161412

KM_C554e-20140210161412

KM_C554e-20140210161412

KM_C554e-20140210161412

प्रतिक्रिया

सम्बन्धित सामाग्री