लन्डन । बेलायत नाम सुन्ने वित्तिकै धेरै सोच्दा हुन् यहां रुख चढेर पाउण्ड टिपिन्छ, ऐस आराम र विलासी जीवन छ । अभाव भन्ने चिज त टाढै छ । तर, भूपू ब्रिटिश लाहुरे हेम थापा सेठको जीवनशैली हेर्दा माथिका सबै भ्रम पुष्टि हुन्छन् ।
ब्रिटिश आर्मीमा १५ वर्ष छिचोलेर अवकास लिएका उनी अहिले लन्डनमा सेलरोटी पोलेर जिन्दगी गुजारा गरिरहेका छन् । ‘फेरि यो होइन कि खान नपुगेर यो पेशा
अंगालेको’, शुरुतिरै उनी प्रष्टिकरण दिंदै थिए, ‘बेलायतमा नेपालीका धेरै भोज भतेर, कर्मकाण्डसंगै यसको माग बढेपछि सेलरोटी पोल्न थालेको छु ।’ बेलायतमा काम ठूलो सानो नमानिने भएर पनि थापालाई आफैं यस्तो व्यवसाय गर्न कत्ति हिच्किचाहट लागेन ।
सामाजिक यथार्थवादी उपन्यास ‘बादलपारिको देश’ र ‘लोक व्यथा’ कविता संग्रह
प्रकाशित गरिसकेका लाहुरे कवि थापाको लन्डन अल्पर्टनमा भर्खर खुलेको गोर्खा सुपरस्टोरमा ताजा सेलरोटी उपलव्ध छ । गायिका श्रीमति इन्द्रा थापा
आफैंले रोटी बनाउंछिन् । चिनिया, थाइ, अफ्रिकन, अंग्रेजी र नेपाली सबै खाना बनाउन माहिर इन्द्राले अन्यत्र पाइने भन्दा उत्कृष्ट सेलरोटी बनाउने तारिफ गर्छन् हेम । ‘बेलायतको फुड स्ट्याण्डर्ड एजेन्सीले अपेक्षा गर्ने बराबरको गुणस्तर छ’, थापाले बखान गरे, ‘हामीले लार्ज, मिडियम, स्मल साइज बनाउंछौं । सुगर फ्रि चाहनेले पनि पाउंछन् ।’ अनलाइन अर्डरको व्यवस्था समेत छ ।
त्यसो त ५० हजार पाउण्ड लगानीमा सञ्चालित उनको स्टोरमा खसी, बंदेल, बुंगुर, कालिज, गिरिराज, मृगको मासुदेखि सबै खालका नेपाली खाद्यान्न र विवाह, व्रतवन्ध, रुद्री लगायत हरेक कर्मकाण्डमा चाहिने परम्परागत सामाग्री समेत उपलव्ध छन् ।
एक छोरा, एक छोरी ब्रिटिश आर्मीमै सेवारत छन्, थापा भने पारिवारिक व्यवसायतिर । बेलायतमा आफ्नो यो पहिलो व्यवसाय भएपनि थापा आर्मी नोकरी सकिने वित्तिकै सन् १९९० देखि व्यापार व्यवसायमा लागेका हुन् । हङकङ आइडी वाहक थापाले नेपालमा केही वर्ष पाङ्ग्रे व्यापार पनि सम्हाले, हङकङमा किन्डर गार्टेन चलाए । हङकङ आउ जाउ भएपनि एघार वर्ष यता बेलायतमा स्थायी बसोवास छ उनको ।
थापाले तीन एल्बमलाई पुग्ने गीत समेत लेखेका छन् तर रेकर्ड हुन पाएन । सन् २००६ तिर विदेश बस्ने मगर जातीलाई केन्द्रित गरेर लेखिएको एउटा गीत रेकर्ड गर्न नेपालमा तीस हजार रुपैयां मागेपछि त्यो त्यत्तिकै थन्किएछ । ‘शुरुमा ५ हजार रुपैयांमा रेकर्ड हुन्छ भनेर ओके गरेको पछि बढाउंदा बढाउंदै तीस हजार मागेपछि योजनै त्यागिदिएं’, थापा नेपालको सांगीतिक बेथिती पोख्छन् । फूर्सद भएसम्म उनले कविता र गीत लेखन त्यागेका छैनन्, बेला बेला स्थानीय कार्यक्रममा कविता वाचन माहोलमा उनी पनि झुल्किन्छन् । ‘एउटा एल्बम चाहिं छिट्टै ल्याउने जमर्को छ’, कुरा बीट मार्दै सेल सम्हाल्न लागे उनी ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’