वसन्त नै बस्न खोज्छ यहां लोलाएर
यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर…
लन्डन वेम्लीस्थित कोपल्याण्ड कम्युनिटी स्कुलको सुसज्जित स्टेज । आधा दर्जन कलाकार स्टेजमा उपस्थित छन् तर तिनले ‘माइतीघर’ गाएनन्, बरु दर्शकदीर्घाबाट त्यो सुमधुर गीत गुञ्जिइरह्यो । तालमा ताल मिलाएर उफ्रने पंक्तिमा दर्शक नै थिए ।
बांझो खेतमा छड्के सलाम हान्न होस् वा माछी मार्न दर्शक नै अग्रसर रहे । रातो
रानी, कान्छी हे कान्छी, सोइ ढोले सोइ, सोर्ह वर्षे उमेरैमा आदि जस्ता चर्चित गीत पनि कलाकारले होइन, दर्शकले पो गाए ।
२९ जुन सांझको माहोल अन्य सांगीतिक रमझम जस्तो पटक्कै थिएन् । गाउने दर्शक, बजाउने सांगीतिक समूह कुटुम्ब । आफू नगाइ बाजा मात्र बजाउने वाद्यवाद्यक समूह ‘कुटुम्ब’ ले लाइभ कन्सर्टमा झण्डै दुई घण्टा अवधिभित्र करिब तीस थान गीतका धुन पस्कियो ।
नेपाली लोकबाजा तुङना, मादल, सारंगी, डम्फु, डमरु, धिमे, च्याब्रुङ, ढोलक आदि धुनको गज्जव समिश्रणले कलाकारलाई गाउन भन्दा बजाउनै उत्प्रेरित गरे जस्तो लाग्थ्यो । ‘नेताहरु बेलायत आउंछन् अनि आश्वासन मात्र दिएर जान्छन् तर कलाकार आएर नेपालीपन र नेपाली माटोको सुगन्ध छाडेर जान्छन्’, कन्सर्टका एक दर्शकले भने, ‘कुटुम्बले लोपोन्मुख नेपाली लोकबाजा प्रस्तुत गरेर नेपालको बेग्लै चिनारी दिएको छ ।’
पेरिसबाट आएको उक्त व्याण्डले बेलायतको स्कटल्याण्ड, आसफोर्ड केन्ट, अल्डरसट र लन्डनमा आफ्नो लोकधुन पस्क्यो । विदेशीलाई नेपाली लोक बाजा सुनाउन र संगीतका माध्यमबाट प्रवासी नेपाली एकजुट भइ देश विकास गर्न जरुरी छ भन्ने सन्देश बांड्न बेलायत आएको व्याण्डका प्रवक्ता तथा संगीतकार पवित महर्जनले जनाए । दुई साताभित्र स्कटल्याण्डका दशवटा विद्यालय र स्कटिश संगीतकारहरुको साथमा चार कन्सर्ट गर्यो उसले । अब उसको गन्तव्य बेल्जियम छ ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर