लण्डन । क्रान्ति र विद्रोह नै समाज रुपान्तरणको एक मात्र मार्ग । त्यो पनि जनविद्रोह, जनअदालत र सडकबाट जनसंविधान घोषणा भन्दा तल्ला भाषण गरेर नथाक्ने देव गुरुङ सोमवार एकाएक वुद्धिजिवी जस्ता देखिए ।
दुई दिनअघि केन्द्रीय सदस्य शोभा कट्टेलसंगै बेलायत झरेका माओवादी सचिव गुरुङले बेलायतको मौसमसंगै नेपालको राजनीतिलाई डण्डा दिमागले सोच्न प्रवासी नेपालीलाई खुलेरै आग्रह गरे ।
‘नेपालको राष्ट्रियता र स्वाधीनता अत्यन्तै कमजोर अवस्थामा छ’, उनले नेपाली राजनीतिको वर्तमान अवस्था खुलाउंदै भने, ‘सचिव, सुरक्षा प्रमुख, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म विदेशीले नै बनाउने भएपछि
राष्ट्र जोगाउन सबै राजनीतिक दलहरु मिल्नुको विकल्प छैन् ।’ उनको दावीमा कांग्रेस, एमाले, एमाओवादी र मधेसीदलहरुले विदेशी सामु घुंडा टेकिसकेका छन् ।
२०६२÷०६३ को जनआन्दोलनले नारायणहिटीबाट खोसेको अधिकार सिंहदरवार आउनुको सट्टा विदेशीको हातमा पुगेको माओवादी सचिव गुरुङको ठम्याई थियो । ‘गुमेको राष्ट्रिय स्वाधीनता फिर्ता गर्न र राज्यलाई बलियो बनाउन जहाँ जुन पार्टीमा लागेको भएपनि राष्ट्रिय एजेण्डामा मिलेर मुलुक अघि बढाउनु पर्नेछ’ उनले राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गरेका कांग्रेस, एमाले र एमाओवादीलगायत दलका भातृसंगठन तथा जातीय संगठन इगिंत गर्दै भने, ‘पहिले राष्ट्र बचाउ अनि आ आफ्ना अधिकारका कुरा गरांै । त्यसैले तपाईंहरु प्रवासमा बस्ने नेपाली एक हुनुहोस् । अनि मात्र नेपाल राष्ट्र र स्वाधीनता बच्छ ।’ वर्तमान सरकार सञ्चालनको बाटो अघि बढिरहे राजतन्त्र र हिन्दू राज्य फर्कन सक्ने गुरुङले चेतावनी दिए ।
समाजसेवी डा. राघवप्रसाद धितालले नेपाली मिलेर अघि बढ्नु पर्ने बताए । एनआरएनए यूके सहअध्यक्ष महेन्द्र कंडेल, एनआरएनए आइसीसी सदस्यद्धय सुरेन्द्र श्रेष्ठ र विनोद ज्ञवाली, प्रगतिशील नेपाली समाज बेलायतका सुरेश गौतम, नेपाली जनसम्पर्क समिति महामन्त्री राजकुमार त्रिपाठी र प्रगतिशील नेपाली समाज बेलायतका संस्थापक अध्यक्ष कर्ण शाहीले प्रवासीलाई नेपाली नागरिकता निरन्तरतामा सहयोग गर्न नेता गुरुङलाई आग्रह गरेका थिए ।
आदिवासी जनजाती महासंघ बेलायतका महासचिव नरेश काङवाङ, जनमुक्ति पार्टी यूकेका पद्म गाहा, संघीय समाजवादी पार्टीका भगवान चाम्लिङलगायतले पहिचानसहितको संविधानमा जोड दिए ।
प्रगतिशील नेपाली समाज बेलायतका अध्यक्ष रणबहादुर केसीको अध्यक्षता तथा सचिव तोयनाथ रिजालले साउथ इस्ट लण्डनस्थित उलवीच ग्रयाण्ड थियटरमा सञ्चालन गरेको कार्यक्रममा श्याम शेरचनले स्वागत मन्तव्य दिए । समाजको तेस्रो राष्ट्रिय सम्मेलनमा सांगीतिक मनोरंजन स्वरुप विविध नाचगान प्रस्तुत गरिएको थियो ।
यसैबीच प्रगतिशील नेपाली समाज बेलायतको तेस्रो सम्मेलनले नयाँ नेतृत्व समेत चयन गरेको छ जसमा अध्यक्ष रणबहादुर केसी, उपाध्यक्ष त्रयमा मनोज अन्जान, श्याम शेरचन, पदम लिम्बु, महासचिवमा तोयनाथ रिजाल, सचिव ठाकुर शर्मा, कोषाध्यक्ष फुलप्रसाद कंडेल र सह कोषध्यक्षमा कल्पना आङवुहाङ् छन् । सदस्यहरुमा रवि घिमिरे, पदम राई, बिष्णु चालिसे, रुद्र गैरे, टिका गौचन, छिरिङ शेर्पा, समिक्षा सापकोटा, लक्ष्मण न्यौपाने, प्रदीप केसी, टिका सापकोटा, बिनित सिंह र देवी गुरुङ छानिए ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी