लन्डन । ब्रिटेनका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री अलान डंकनले सन् २०१० मेमा मन्त्री भए यता पांचौं पटक नेपाल भ्रमण गरिसके । पहिलो पटक नेपाल जांदा उनले सानो तर उनकै शव्दमा ‘धारिलो’ खुकुरी किनेर प्रधानमन्त्री डेभिड क्यामरुनलाई उपहार दिए । उपहार पाएपछि खुशी हुंदै प्रधानमन्त्री क्यामरुनले डंकनलाई एउटा पत्र कोरे । पत्रको गोप्य कुरा खुलासा गर्दै मन्त्री डंकनले विहीबार सांझ लन्डनस्थित नेपाली दूतावासको गणतन्त्र दिवस रिसेप्सनमा भने, ‘पत्रमा क्यामरुनले मलाई धन्यवाद दिंदै अचेल म टेन डाउनिंग स्ट्रिट
(प्रधानमन्त्री कार्यालय) मा त्यही खुकुरी हल्लाउंदै भनेको नमान्नेलाई तह लगाउने गरेको छु भन्नुभएको थियो ।’ त्यसपछि कार्यक्रममा हांसो गुञ्जियो ।
हांसो रोकिएपछि मन्त्री डंकनले थपे, ‘यो हो नेपालको शक्ति ।’
गणतन्त्र दिवस मनाउन उपस्थित सयौंमाझ मन्त्री डंकनले नेपाल बेलायतको महत्वपूर्ण विकास साझेदार रहेको जनाउंदै अहिले बेलायतले वर्षेनी दश करोड पाउण्ड (करिब १६ अर्व रुपैयां) बराबरको सहायता नेपाललाई उपलव्ध गराइरहेको जनाए । उनले राजनीतिक सुधारले आर्थिक विकासलाई सघाउने बताउंदै नवनिर्वाचित संविधानसभाले जनचाहना अनुरुपको संविधान बनाउने आशा समेत Embassy pic bigव्यक्त गरे ।
मन्त्री डंकनले विदेश राज्यमन्त्री हयूगो स्वायर आगामी साता नेपाल जान लागेको जनाउंदै उनको भ्रमणले विशेष गरि व्यापार र लगानीमा थप बल पुग्ने अपेक्षा व्यक्त गरे । डंकले नेपालमा विकासका अपार सम्भावनाहरु रहेको उल्लेख गर्दैै नेपालको विकासमा सघाउन ब्रिटेन सधैं तयार रहेको पनि जनाए ।
समारोहमा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले बेलायत नेपाल सम्वन्धको चर्चा गर्दै नेपालको विकासमा बेलायती सहयोगप्रति आभार व्यक्त गरे । क्षेत्रीले नेपालको राजनीतिक घट्नाक्रमबारे समेत अवगत गराएका थिए ।
कार्यक्रममा नौमती बाजा, ब्रिगेड अफ गोर्खाज्को प्रस्तुति र नेपाली गीत संगीत प्रस्तुत गरिएको थियो ।
यसअघि सातौं गणतन्त्रका दिवसकै अवसरमा गत शनिवार नेपालीहरुलाई बेग्लै रिसेप्सन दिइएको थियो । उक्त अवसरमा प्रा. डा. सूर्य सुवेदी, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल, गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगेन क्षेत्री, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा, नेपाली जनसम्पर्क समिति बेलायतका राजकुमार त्रिपाठी, प्रगतिशील नेपाली समाज बेलायतका रामचन्द्र मरहठ्ठा, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष चिरन शर्मा, काउन्सिलर पदका उम्मेदवार बच्चु कैलाश कैनी, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष ग्राहम मिन्स्, ब्रिटेन नेपाल सोसाइटीका रोजर पोर्टर, आरती श्रेष्ठ लगायतले गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका थिए ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?