लन्डन । ब्रिटेनका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री अलान डंकनले सन् २०१० मेमा मन्त्री भए यता पांचौं पटक नेपाल भ्रमण गरिसके । पहिलो पटक नेपाल जांदा उनले सानो तर उनकै शव्दमा ‘धारिलो’ खुकुरी किनेर प्रधानमन्त्री डेभिड क्यामरुनलाई उपहार दिए । उपहार पाएपछि खुशी हुंदै प्रधानमन्त्री क्यामरुनले डंकनलाई एउटा पत्र कोरे । पत्रको गोप्य कुरा खुलासा गर्दै मन्त्री डंकनले विहीबार सांझ लन्डनस्थित नेपाली दूतावासको गणतन्त्र दिवस रिसेप्सनमा भने, ‘पत्रमा क्यामरुनले मलाई धन्यवाद दिंदै अचेल म टेन डाउनिंग स्ट्रिट
(प्रधानमन्त्री कार्यालय) मा त्यही खुकुरी हल्लाउंदै भनेको नमान्नेलाई तह लगाउने गरेको छु भन्नुभएको थियो ।’ त्यसपछि कार्यक्रममा हांसो गुञ्जियो ।
हांसो रोकिएपछि मन्त्री डंकनले थपे, ‘यो हो नेपालको शक्ति ।’
गणतन्त्र दिवस मनाउन उपस्थित सयौंमाझ मन्त्री डंकनले नेपाल बेलायतको महत्वपूर्ण विकास साझेदार रहेको जनाउंदै अहिले बेलायतले वर्षेनी दश करोड पाउण्ड (करिब १६ अर्व रुपैयां) बराबरको सहायता नेपाललाई उपलव्ध गराइरहेको जनाए । उनले राजनीतिक सुधारले आर्थिक विकासलाई सघाउने बताउंदै नवनिर्वाचित संविधानसभाले जनचाहना अनुरुपको संविधान बनाउने आशा समेत Embassy pic bigव्यक्त गरे ।
मन्त्री डंकनले विदेश राज्यमन्त्री हयूगो स्वायर आगामी साता नेपाल जान लागेको जनाउंदै उनको भ्रमणले विशेष गरि व्यापार र लगानीमा थप बल पुग्ने अपेक्षा व्यक्त गरे । डंकले नेपालमा विकासका अपार सम्भावनाहरु रहेको उल्लेख गर्दैै नेपालको विकासमा सघाउन ब्रिटेन सधैं तयार रहेको पनि जनाए ।
समारोहमा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले बेलायत नेपाल सम्वन्धको चर्चा गर्दै नेपालको विकासमा बेलायती सहयोगप्रति आभार व्यक्त गरे । क्षेत्रीले नेपालको राजनीतिक घट्नाक्रमबारे समेत अवगत गराएका थिए ।
कार्यक्रममा नौमती बाजा, ब्रिगेड अफ गोर्खाज्को प्रस्तुति र नेपाली गीत संगीत प्रस्तुत गरिएको थियो ।
यसअघि सातौं गणतन्त्रका दिवसकै अवसरमा गत शनिवार नेपालीहरुलाई बेग्लै रिसेप्सन दिइएको थियो । उक्त अवसरमा प्रा. डा. सूर्य सुवेदी, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल, गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगेन क्षेत्री, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा, नेपाली जनसम्पर्क समिति बेलायतका राजकुमार त्रिपाठी, प्रगतिशील नेपाली समाज बेलायतका रामचन्द्र मरहठ्ठा, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष चिरन शर्मा, काउन्सिलर पदका उम्मेदवार बच्चु कैलाश कैनी, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष ग्राहम मिन्स्, ब्रिटेन नेपाल सोसाइटीका रोजर पोर्टर, आरती श्रेष्ठ लगायतले गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका थिए ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण