
लन्डन । महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सल्लाहकार नियुक्त गरेको छ । संघको आइतबारको भर्चुअलबैठकले विधानको धारा १७ को उपधारा ९ अनुसार सल्लाहकारहरु नियुक्त गरेको हो । जसमा थर्क सेन, सोनम लामा, जानकी गुरुङ, उमेश पुडासैनी, प्रकाश धमला, नबिन शेरचन, शनिकुमार ओली, चित्र सुवेदी, तिलक के.सी., रोविन्द्र श्रेष्ठ (गोविन्द), बेद खरेल, बन्दना सापकोटा शर्मा, आनन्द विष्ट, विष्णु सुवेदी, नारायण थापा, दुर्गा आचार्य, नारायण आचार्य, नरेन्द्र भाट, नारायण सुवेदी, हिक्मत थापा, विश्व बराल, पूर्ण हमाल, विनोद शाह, कृष्ण गिरी र पुरान गिरी रहनु भएको छ ।
यसैगरी, बैठकले पोलिसी एडभोकेसी कमिटी पहिलो पटक गठन गरेको छ । तीन जनाको कमिटीमा खगेन्द्र जिसी संयोजक रहनुभएको छ भने कञ्चन पोखरेल र सुरेन्द्र श्रेष्ठलाई सहसंयोजक तोकिएको छ । यसलाई पछि पूर्णता दिने संघका उपाध्यक्ष विश्वास दीप तिगेलाले जानकारी दिनुभयो । कमिटीले एनआरएनएको नीतिगत कुराहरुमा सहयोग गर्ने जनाइएको छ ।
यसैगरी बैठकले विभिन्न टास्कफोर्सहरुको बारेमा पनि निर्णय गरेको छ । अनुशासन समितिको संयोजकमा दिल गुरुङ र सदस्यमा सुवास जोशी, भुवानीप्रसाद तिमिल्सिना रहनु भएको छ ।
संघले सेप्टेम्बर २१ तारिखमा यूएईमा हुने विधान सम्मेलनको तयारीलाई तिब्रता दिने निर्णय गरेको छ भने तयारीको जिम्मेवारी रिजनको टिमलाई दिएको छ । विधान समिति पनि बैठकले गठन गरेको छ । संघका महासचिव बाबुराम (बीआर) लामाको संयोजकत्वमा विधान समिति गठन गरिएको हो । जसको सहसंयोजकमा गुणराज शर्मा, कृष्ण गिरी, लोकप्रसाद दाहाल र पुष्प थापा रहनुभएको छ भने सदस्यसचिवमा विमल सुवेदी हुनुहुन्छ ।
यस्तै सदस्यहरुमा बलराम श्रेष्ठ र मन थापा रहनुभएको छ । ‘एक एनसीसी एक प्रोजेक्ट’को जिम्मा सचिव चिन्तामणि सापकोटालाई दिइएको छ भने एनसीसीको एकता तथा समन्वय समितिको संयोजकको जिम्मेवारी प्रवक्ता गंगाधर गौतमलाई दिइएको छ ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता