
लन्डन । बेजिङस्टोक नेपाली समाज यूकेको अध्यक्षमा बिजय लिङ्थेप सर्वसम्मत चयन हुनुभएको छ । शनिबार २२ मार्च २०२५ का दिन भएको संस्थाको आठौं अधिवेशनले लिङ्थेपको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । लिङ्थेप यूकेका विभिन्न संघ संस्थाहरुमा आबद्ध भएर अनुभव बटुलेका एक समाजसेवी हुनुहुन्छ । नेपालस्थित संखुवासभा जिल्लामा जन्मिएका अध्यक्ष लिङ्थेप धरानमा हुर्किनुभयो । लिङ्थेप काठमाडौं हुँदै हङकङमा लामो बसाइँपछि यूके प्रवेश गर्नुभएको हो । हाल उहाँ बेजिङस्टोकमा बसोबास गरिरहनुभएको छ ।
लिङ्थेप नेतृत्वको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा गुरुङ,उपाध्यक्ष बल थापा र अमृता पालुङवा सबेन्हिम, महासचिवमा जगदीश वाग्ले र सचिव पासाङ शेर्पा, कोषाध्यक्षमा दुर्गा राई चयन भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी कल्चर विभाग प्रमुखमा प्रिया राई लिङ्थेप,दिलीप बोखिम लिम्बू, जिन्सी विभाग प्रमुख तारा पुन र राजेन्द्र पुन, खेलकुदमा लाल चोङ्बाङ लिम्बू र शिवध्वज राई, जनसम्पर्कमा निशा शर्मा, युवा संयोजकमा प्रविन कर्नबेरी, मिडियामा पारस राना मगर, सिनियर सिटिजन संयोजकमा उत्तर सुन्दास र टेक कुलुङ राई, महिला संयोजकमा ध्रुव गुरुङ र शोभा गुरुङ, ट्राफिक व्यवस्थापनमा बेल गुरुङ र क्याटरिङ संयोजकमा नरेन्द्र (काजी) राई चयन हुनुभएको छ ।
निर्वाचन समितिको संयोजकमा तिल बिक्रम सम्बाहाम्फे र रिटायर मेजर कृष्ण गुरुङ र टिचर मदन श्रेष्ठ रहनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष लिङ्थेपले अहिलेको चुनौती भनेको समाजलाई यूकेको अन्य संस्थाभन्दा छुट्टै स्थानमा पुर्याउने र डिन बोरो काउन्सिलसँग सहकार्य गर्ने रहेको बताउनुभयो । उहाँले युवाहरू र सिनियर सिटिजनहरुको बारेमा विशेष ध्यान दिने र स-साना नानीहरूको निमित्त नेपाली कक्षा संचालन गर्नेजस्ता भावी योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’