लन्डन । बगर भाइ खलक यूकेको अध्यक्षमा ओमप्रकाश गुरुङ चयन हुनुभएको छ ।
बेलायतको अल्डरसटस्थित सुसी मोटो रेस्टुरेन्टमा आइतबार भएको तेस्रो अधिवेशनले ओमप्रकाशको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा चिज गुरुङ, सचिवमा अर्जुन गुरुङ, सहसचिवमा कुमार गुरुङ र कोषाध्यक्षमा भानु थकाली गुरुङ रहनु भएको छ ।

यस्तै, सदस्यहरूमा सूर्य गुरुङ, दीपक गुरुङ, मिडिया सेक्रेटरीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र विमल गुरुङ चयन हुनु भएको बगर भाइ खलक यूकेले जनाएको छ ।
अध्यक्ष दिलरास गुरुङको अध्यक्षतामा भएको अधिवेशनमा कोषाध्यक्ष भानु थकाली गुरुङ आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । अध्यक्षले आफ्नो कार्यकालमा भएका कामबारे जानकारी गराउँदै साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । संस्थाका संस्थापक अध्यक्ष चन्द्र गुरुङलगायत अग्रज र अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’