
काठमाडौं । लोकप्रिय कलाकारहरु इन्दिरा गोले र बलवीर थापा प्राणघातक क्यान्सर (अर्बुद) रोगका कारण बिरामी पर्नुभएको छ ।
लोक तथा दोहोरी गीतका स्थापित कलाकार ललितपुर भारदेउकी इन्दिरालाई पेटको भागमा क्यान्सर र तनहुँ भानु नगरपालिकाका बलवीरलाई रक्त क्यान्सर भएको हो । नेपाल तामाङ कलाकार संघका पूर्वअध्यक्षसमेत रहनुभएकी गायिका गोले विगत दुई वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आउनुभएको छ । ५८ वर्षीया गोले हाल नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा उपचाररत हुनुहुन्छ ।

आफ्नो आर्थिक स्रोतले भ्याएसम्म उपचार गराउँदै आउनुभएकी गोलेको उपचारमा अब ठूलो रकम लाग्ने जनाउँदै नेपाल कलाकर संघले देश, विदेशमा रहेका नेपालीहरुमा सहयोगको अपिल गरेको छ । महासचिव खेम मोक्तानले शनिबार विज्ञप्ति जारी गर्नुहुँदै ‘गायिका इन्दिरा गोले बचाउ अभियान’ सुरु गरिएको जानकारी दिनुभएको छ । अभियानको नेतृत्वमा कलाकार संघ रहेको छ भने म्हेन्दोला फोले फाउन्डेशन र तामाङ डाजाङ संयोजन सदस्य रहेका छन् ।
यस्तै गायक थापाले मेडिकल जाँच गर्दा ब्लड क्यान्सर देखिएकोले चिकित्सकको सल्लाहबमोजिम तत्काल सघन उपचार गराउनुपर्ने र उपचार खर्च अत्यन्तै महँगो पर्ने भएकोले सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न