
लन्डन । दुर्लुङ समाज यूकेको १६औँ गृष्मकालीन बीबीक्यू तथा चेलीबेटी भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
मिचेटस्थित तमु धीं भवनमा १७ अगस्ट २०२४ मा समाजको उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम समाजका अध्यक्ष कुलराज गुरुङ, संस्थापक अध्यक्ष नरजङ गुरुङ, एनआरएन यूकेका अध्यक्ष हित काजी गुरुङ र समाजका ज्येष्ठ नागरिक लोकबहादुर गुरुङले संयुक्त रूपमा पानसमा दीप बालेर सुरु गरेका छन् ।
समाजका सचिव शक्तिमान गुरुङले सुरक्षा र स्वास्थ्यबारे जानकारी गराउँदै कार्यक्रम सञ्चालन गरेका थिए । धरम बल गुरुङले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै स्वागत मन्तव्य राखेका थिए । समाजका संस्थापक अध्यक्ष नरजङ गुरुङ, पूर्वअध्यक्षहरू क्या. जीवन गुरुङ, जुवारीलाल गुरुङ र एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङले संस्थाको विषयमा शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष कुलराज गुरुङले कार्यक्रममा आर्थिक सहयोग र पेय पदार्थ प्रायोजन गर्नेहरूको नामावली वाचन गरेका सुनाएका थिए । उनले उपस्थित सदस्य तथा चेलीबेटी र ज्वाईंहरूलाई पनि धन्यवाद दिए ।
त्यसपछि सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । जसमा रुविना गुरुङ र सुमी गुरुङको एकल नृत्यसहित सुमी, जरिना गुरुङ र सुजिता गुरुङको सामूहिक नृत्यले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो । मणिराज गुरुङ र सचिन गुरुङले प्रवेश शुल्क र राफल ड्रको व्यवस्थापन गरेका थिए । सो अवसरमा समाजका नयाँ सदस्यहरू र पहिलो पटक उपस्थित भएका पाहुनालाई ज्येष्ठ नागरिक लोकबहादुर गुरुङले खादा लगाएर स्वागत गरेका थिए ।
अन्त्यमा नेपालबाट आएका लोकदोहोरी कलाकारहरू राजन गुरुङ र कला लम्सालको प्रस्तुतिमा दर्शक झुमेका थिए ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ