
लन्डन । युकेमा नेपाल फूड्सले आफ्नो उत्कृष्ट उत्पादनहरु हट मोमो सस, चिली आयल वीथ श्रीम्प, चिकेन मोमो र फ्लेमिङ अकबरे स्टिक्सका लागि चार प्रतिष्ठित पुरस्कार जितेको छ । नेपाल फुड्सले गील्ड अफ फाइन फुडद्वारा प्रदान गरिने ‘ग्रेट टेष्ट २०२४’ अवार्डस जितेको हो ।
हट मोमो सस र चिली आयल वीथ श्रीम्प प्रत्येकले ग्रेट टेष्टको टु स्टार रेटिङ प्राप्त गरे । साथै, चिकेन मोमो र फ्लेमिङ अकबरे स्टिक्स दुवैलाई ग्रेट टेष्टको वान स्टार प्रदान गरिएको छ । विशेषज्ञहरुको प्यानलद्वारा निर्णायक ति उत्पादनले नेपाल फुड्सको विश्व खाद्य उत्पादकको प्रतिष्ठा अझ बलियो बनाएको कम्पनीले जनाएको छ ।
निर्णायकहरुले ति उत्पादनका असाधारण स्वादका लागि प्रशंसा गरेका नेपाल फुड्सका निर्देशक विकास नेपालले जनाउनुभयो । यस वर्ष, कुल १३ हजार ६७२ उत्पादनले ग्रेट टेष्ट अवार्डका लागि आवेदन दिएका थिए । द ग्रेट टेष्ट अवार्डमा यस वर्ष ११५ देशबाट आवेदन परेको थियो । खानाप्रेमी र खुद्रा विक्रेताहरुबीच प्रतिष्ठित यस अवार्डमा ५०० भन्दा बढी निर्णायकको प्यानलले डोरसेट र लन्डनमा खाना मूल्यांकन गरेका थिए ।
नेपाल फुड्सका उत्पादनहरूले उच्च प्रतिष्पर्धात्मक क्षेत्रमा आफूलाई अग्रपंक्तिमा राख्दै उत्कृष्ट प्रतिक्रिया पाएको नेपालले बताउनुभयो । नेपाल फुड्सका निर्देशक नेपालले अवार्डपछि उत्साहित हुँदै भन्नुभयो, ‘हामी हाम्रा चार उत्पादनले ग्रेट टेष्ट अवार्डस् जित्दा निकै हर्षित छौं। हामीले नेपालबाट आयात गरेका उत्पादनहरूले अवार्ड पाउनु हाम्रा लागि गौरवको कुरा पनि हो ।’
नेपाल फुड्सले विगत तीन वर्षदेखि ग्रेट टेष्ट अवार्डहरू जितेपनि चार उत्पादनका लागि एकैपटक अवार्ड पाउनु नेपाल फुड्सका लागि ठूलो सफलता रहेको नेपालले बताउनुभयो । आफ्नो उद्देश्य नेपाललाई खानाबाट विश्वव्यापी रूपमा चिनाउनु रहेको उहाँ बताउनुहुन्छ । नेपाल फुड्सका उत्पादनहरु यूके, यूरोप, जापान, अमेरिका र अस्ट्रेलियामा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च