
लन्डन । युकेमा नेपाल फूड्सले आफ्नो उत्कृष्ट उत्पादनहरु हट मोमो सस, चिली आयल वीथ श्रीम्प, चिकेन मोमो र फ्लेमिङ अकबरे स्टिक्सका लागि चार प्रतिष्ठित पुरस्कार जितेको छ । नेपाल फुड्सले गील्ड अफ फाइन फुडद्वारा प्रदान गरिने ‘ग्रेट टेष्ट २०२४’ अवार्डस जितेको हो ।
हट मोमो सस र चिली आयल वीथ श्रीम्प प्रत्येकले ग्रेट टेष्टको टु स्टार रेटिङ प्राप्त गरे । साथै, चिकेन मोमो र फ्लेमिङ अकबरे स्टिक्स दुवैलाई ग्रेट टेष्टको वान स्टार प्रदान गरिएको छ । विशेषज्ञहरुको प्यानलद्वारा निर्णायक ति उत्पादनले नेपाल फुड्सको विश्व खाद्य उत्पादकको प्रतिष्ठा अझ बलियो बनाएको कम्पनीले जनाएको छ ।
निर्णायकहरुले ति उत्पादनका असाधारण स्वादका लागि प्रशंसा गरेका नेपाल फुड्सका निर्देशक विकास नेपालले जनाउनुभयो । यस वर्ष, कुल १३ हजार ६७२ उत्पादनले ग्रेट टेष्ट अवार्डका लागि आवेदन दिएका थिए । द ग्रेट टेष्ट अवार्डमा यस वर्ष ११५ देशबाट आवेदन परेको थियो । खानाप्रेमी र खुद्रा विक्रेताहरुबीच प्रतिष्ठित यस अवार्डमा ५०० भन्दा बढी निर्णायकको प्यानलले डोरसेट र लन्डनमा खाना मूल्यांकन गरेका थिए ।
नेपाल फुड्सका उत्पादनहरूले उच्च प्रतिष्पर्धात्मक क्षेत्रमा आफूलाई अग्रपंक्तिमा राख्दै उत्कृष्ट प्रतिक्रिया पाएको नेपालले बताउनुभयो । नेपाल फुड्सका निर्देशक नेपालले अवार्डपछि उत्साहित हुँदै भन्नुभयो, ‘हामी हाम्रा चार उत्पादनले ग्रेट टेष्ट अवार्डस् जित्दा निकै हर्षित छौं। हामीले नेपालबाट आयात गरेका उत्पादनहरूले अवार्ड पाउनु हाम्रा लागि गौरवको कुरा पनि हो ।’
नेपाल फुड्सले विगत तीन वर्षदेखि ग्रेट टेष्ट अवार्डहरू जितेपनि चार उत्पादनका लागि एकैपटक अवार्ड पाउनु नेपाल फुड्सका लागि ठूलो सफलता रहेको नेपालले बताउनुभयो । आफ्नो उद्देश्य नेपाललाई खानाबाट विश्वव्यापी रूपमा चिनाउनु रहेको उहाँ बताउनुहुन्छ । नेपाल फुड्सका उत्पादनहरु यूके, यूरोप, जापान, अमेरिका र अस्ट्रेलियामा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु