
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै नौ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
यसअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै डेढ वर्ष कैद र दुई करोड १६ लाख १४ हजार तीन सय ७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको थियो । विशेष अदालतको उक्त फैसलाविरुद्ध जोशीले २०६९ साल फागुनमा सर्वोच्चमा पुनरावेदन दायर गरेका थिए ।
अदालतले भ्रष्टाचारकै मुद्दामा ताराराज पाण्डे र बासुदेव पन्तलाई भने सफाइ दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने