
काठमाडौँ । नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा बुधबार १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको छ ।
बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट मरम्तका लागि पोखरा उडेको विमान लगत्तै दुर्घटना हुँदा १८ जना नेपाली र १ जना यमन नागरिकको ज्यान गएको हो । मृतक प्राय: सौर्य एयरलाइन्सका कर्मचारीहरू हुन् ।
विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट सुशान्त कटुवाल रहनुभएको थियो । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहनुभएको थियो । आरिफ भने यमनका नागरिक हुन् ।
१५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३ जनाको त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । पाइलट शाक्यको केएमसी हस्पिटल सिनामंगल उपचार भइरहेको छ ।
शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । विमान उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको थियो । दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै बजारिएको तल भुइँमा बजारिएको थियो ।
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन