
काठमाडौं । वाग्मती प्रदेशमा पहिलो पटक तामाङ समुदायबाट बहादुरसिंह लामा मुख्यमन्त्री नियुक्त हुनु भएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीचको भागबन्डापछि कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता लामा मुख्यमन्त्री बन्नु भएको हो । मंगलबार सत्ता साझेदार दल एमालेका नेता जग्गनाथ थपलिया तथा सांसदहरुसहित हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर लामाले दाबी पेस गर्नुभएपछि बेलुकी प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
११० सदस्यीय वाग्मती प्रदेशसभामा नयाँ सरकार गठन गर्न ५६ सांसदको साथ भए पुग्छ । तर, कांग्रेस, एमालेका ६४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत भएको थियो ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज मंगलबार साँझ ५ बजेसम्म समय तोक्नुभएको थियो । नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिनुभएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको थियो । केन्द्रीय समीकरण अनुसार वाग्मतीमा एमालेको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार बनेको हो ।
यस्तो छ मुख्य लामाको राजनीतिक यात्रा
२०४३ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिमा लाग्नुभएर लामा नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय हुनुहुन्छ । हाल कांग्रेसको वर्तमान केन्द्रीय सदस्य रहनुभएको छ । उहाँ २०७९ को निर्वाचनमा नुवाकोट–२ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । यसअघि उहाँ वाग्मतीमा प्रदेशको आर्थिक मामिता तथा योजनामन्त्रीसमेत बन्नुभयो ।
उहाँले २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र) का चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई भारी मतले हराएर संविधानसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।
नेपाली कांग्रेसका नेता तथा निर्माण व्यवसायी लामा विभिन्न संघ संस्थामा आबद्ध तथा खेलकुद क्रियाकलापमा पनि सक्रिय हुनुहुन्छ । लामा २०५४ सालमा गाविस अध्यक्ष जनप्रतिनिधिको भूमिकामा रहेर काम गर्नुभएको थियो ।
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि