काठमाडौं । प्रा.डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चामा विभिन्न आठ पहिचानवादी घटकहरु आवद्ध भएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले पहिचानवादी मोर्चामा आवद्ध भएको जानकारी गराएका हुन् ।
गोपाल किराँती नेतृत्वको तेस्रो जनआन्दोलन तयारी समिति, डा. मित्र परिवार अध्यक्ष रहेको काष्ट वाच नेटवर्क, कृष्ण चेङ्वाङ इन्चार्ज रहेको लिम्बु संघ (समाजवादी), बुद्धराज स्याङ्तान अध्यक्ष रहेको संघीय ताम्सालिङ पार्टी, मलम लामा महासचिव रहेको राष्ट्रिय ट्रेड युनियन महासंघ, पासाङ मोक्तान संयोजक रहेको ताम्सालिङ गणराज्य, लोकेन्द्रराज थापा संयोजक रहेको खसान गणराज्य र खड्गबहादुर श्रेष्ठ संयोजक रहेको नेवाः गणराज्य पहिचानवादी मोर्चामा आवद्ध भएका हुन् ।
पहिचानवादी मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीले छरिएर रहेका पहिचानवादी शक्तिहरुलाई एक ठाउँमा ल्याउनु मोर्चाको मूल लक्ष्य रहेको बताउनुभयो । उहाँले पहिचानवादी मोर्चालाई दुई चरणमा मोर्चाबन्दी गरिने पनि बताउनुभयो ।
प्रा.डा. लावतीले पहिलो चरणमा पहिचानवादी मोर्चामा सबैलाई आवद्ध गराएर आन्दोलनमो तयारी थालिने र दोस्रो चरणमा पहिचानवादी मोर्चामा आवद्धहरुलाई एउटै चुनाव चिन्हमार्फत निर्वाचनमा सहभागी गराउने बताउनुभयो । साथै, नव गठित काङ्ग्रेस–एमाले गठबन्धनबाट प्रनितिधिमूलक दलीय व्यवस्थालाई सङ्कुचित पार्ने, समानुपातिक निर्वाचन प्रणाली हटाउने र प्रतिगमनकारी प्रयास भइरहेको मोर्चाको दाबी छ । यस्तो दुस्साहस भएमा यस मोर्चाले अन्य पहिचानवादी शक्तिहरूसँग मिलेर तेस्रो जनआन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।
मोर्चाले भुटानी शरणार्थी काण्ड, गिरिबन्धु टि–स्टेट काण्ड, सहकारी काण्ड र सुन काण्डमा संलग्न र तिनका नाइकेहरूलाई कारबाही गरी कडाभन्दा कडा सजाय दिन र भ्रष्ट्राचारबाट कमाएका सम्पत्ति जफत पनि सरकारसँग माग गरेको छ । मोर्चा विस्तार कार्यक्रममा पहिचानवादी मोर्चाका संयोजक प्रा.डा. लावतीसहित अन्य आठ घटकहरुका प्रमुखहरु संलग्न थिए ।
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन