
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेस गर्नुभएको प्रस्तावको पक्षमा १८८ मत, विपक्षमा ७४ मत खसेको हो । प्रतिनिधिसभामा २६३ जना सांसद उपस्थित थिए । एक जना सांसदले मत दिन्न भन्ने पक्षमा आफ्नो मत जाहेर गरे ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल, जसपा, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसद (अमरेशकुमार सिंह र योगेन्द्र मण्डल) ले विश्वासको मत दिनुभएको हो ।
माओवादी केन्द्र,रास्वपा, नेकपा एकीकृत समाजवादी, राप्रपा, लगायतले मत दिएनन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर एमाले अध्यक्ष ओली कांग्रेससँग ७ बुँदे सहमति गर्नु हुँदै गत असार ३० गते चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने