
काठमाडौँ । बेलायतमा रहेको कल्याणकारी संस्था द मेक्सवर्थ फाउन्डेशनले सर्लाही हरिवन घुर्कौलीस्थित पंचा इसाका स्कुल चेतना संदेश नेपालका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।
सोमबार आयोजित एक समारोह आयोजना गरी २५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
लंडनस्थित मेक्सवर्थ एकाउनटेन्टसका प्रबन्ध निर्देशक तथा मेक्सवर्थ फाउन्डेशनका संस्थापक संजय शाहले आफ्नो जन्मभूमिका बालबालिकाको पठनपाठनमा सहयोग पुराउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको बताउनु भयो। “अहिलेको युगमा गुणस्तरीय शिक्षा विना व्यक्तित्व विकास सम्भव छैन। त्यसैले सानो भए पनि सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। “
मेक्सवर्थ फाउन्डेशनले नेपालमा अपाङ्ग सरोकार केन्द्र मार्फत व्हीलचेयर वितरण गरेको थियो भने मानव सेवा आश्रम तथा पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा रहनु भएका बाबाआमाहरुलाई भोजन प्रदान गरेको थियो। त्यस्तै सी आशा विशेष विद्यालय तथा पुनर्स्थापना केन्द्रमा रहेका बालबालिकाहरुलाई पनि सहयोग गरेको थियो।
युक्रेनमा सहयोग
हाल रुसी अतिक्रमण झेली रहेको युरोपेली मुलुक युक्रेनको पश्चिमी प्रान्त चर्निफ्त्सीमा पनि मेक्सवर्थ फाउन्डेशनले स्थानीय स्वयम्सेवकहरुको सहयोगमा वृद्धवृद्धा, बालबालिका तथा स्थानीय व्यक्तिहरुलाई खाने कुरा लगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरेको छ । “मानवताको कुनै सीमा हुँदैन । युद्धग्रस्त युक्रेनमा द्वन्द्वप्रभावित समुदायलाई हामीले नियमित रुपमा सहयोग प्रदान गर्ने योजना बनाएका छौं,” शाहले भन्नुभयो ।
“अन्तरराष्ट्रिय कल्याणकारी संस्था बी१जी१ संगको सहकार्यमा हामीले प्रदान गरेको सहायताले विश्वव्यापी रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भएका छन्। हामीले प्रत्येक वर्ष नेपालका एक मेधावी छात्र वा छात्रालाई एसीसीए अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौं। त्यस्तै बेलायतस्थित संस्था नेपाल रनलाई पनि हामीले सघाउँदै आएका छौं,” शाहले भन्नु भयो ।
वातावरणको क्षेत्रमा काम गर्ने संस्था इकोलोजाइसंग समन्वय गरी मेक्सवर्थ फाउन्डेशनले विभिन्न एसियाली तथा अफ्रिकी मुलुकहरुमा १६,२४१ वटा बिरुवा रोपिएको र त्यसबाट अहिलेसम्म १३७.९५ टन कार्बन कटौती भएको जनाएको छ । फाउन्डेशनले अरु हजारौं बिरुवाहरु रोप्ने दीर्घकालिन योजना पनि बनाएको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने