
लन्डन । धुलिखेलमा संचालन भइरहेको हेल्प नेपाल बाल गृहको सहयोगार्थ शनिबार, ६ अप्रिलमा वुलवीच, लन्डनमा रमाइलो सांगीतिक कार्यक्रम आयोजना गर्न लगिएको छ।
दि ट्रामसेड थियटर, वुलवीचमा आयोजना गरिने “आर्को मुखर्जी रिटर्नस” सांगीतिक साँझमा चर्चित भारतीय गायक आर्को मुखर्जीले थुप्रै पुराना नेपाली लोक–आधुनिक गीतहरु सुनाउने छन् ।
“नयाँ वर्ष २०८१ को अवसरमा हामीले नेपाललाई अत्यन्तै माया गर्ने प्रतिभाशाली गायक, आर्को मुखर्जी, र उनको टिमलाई पुन: निम्त्याएका छौं। यो रमाइलो सांझमा उपस्थित भै दिनु हुन हामी सबै मित्रहरुलाई आग्रह गर्दछौँ,” हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले भने।
उक्त कार्यक्रम हेर्न फिनल्याण्डबाट हेलसिन्की टाउन काउन्सिलकी काउन्सिलर ब्योमा ताम्राकार लगायतका पाहुना लन्डन आइपुगेका छन्।
कार्यक्रमको खर्च कटाएर बचेको सम्पूर्ण रकम धुलिखेलमा संचालन भइरहेको हेल्प नेपाल बाल गृहको सहयोगार्थ पठाइने पनि उनले बताए।
सन् २०१४ देखि धुलिखेलमा सञ्चालित उक्त बाल गृहमा अहिले २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन्।
“मातृभूमिका लागि महिनामा एक पाउण्ड” भन्ने नारा सहित सन् १९९९ मा बेलायतबाट हेल्पनेपाल नेटवर्क (www.helpnepal.net) स्थापना गरिएको थियो।
नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ। नेटवर्कले नेपालका एक सय बढी स्कुलहरुमा कक्षा कोठा निर्माण, लाइब्रेरी तथा इ-लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाहरुमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरुको पुनर्निर्माणमा पनि सघाएको छ ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते