लण्डन । नेपालको संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित भएको छ।
प्रेम गाहामगर अध्यक्ष रहेको एनआरएनए यूकेको निमन्त्रणामा यही मार्च २ तारिख शनिबार लन्डन उत्रिने रानाको कार्यक्रम रहेकोमा ‘कूटनीतिक भिजा’ का कारण उनको भ्रमण अन्तिम समयमा स्थगित भएको एनआरएनए युकेले जनाएको छ ।
रानाको भ्रमण कुटनीतिक महत्त्वका लागि भएको नभएको यकिन नहुँदा उनले कुटनीतिक भिजा पाउन समस्या भएको हो ।
पूर्व निर्धारित कार्यक्रमअनुसार उपसभामुख रानामगर बेलायतमा एक साता रहने योजना थियो । उनको बेलायती पूर्व प्रधानमन्त्री टेरेजा मे, बेलायती उपसभामुखलगायत नेतासँग भेटघाट तय थियो । उनको ७ जना बेलायती सांसदसँग ननिङटनमा च्यारिटी डिनर पनि तय भएको संयोजक क्याप्टेन भिम सारुले जनाए । विभिन्न संघसंस्थाले उनीसित अन्तरक्रिया गर्ने समेत जनाएका थिए ।
उपसभामुख रानामगर एनआरएनए यूकेले मार्च ३ तारिख आइतबार अल्डरसटस्थित प्यालेसमा आयोजना गर्ने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम थियो।
त्यस्तै, मार्च ५ तारिख मंगलबार एनआरएनए यूकेकै आयोजनामा उनीसँग ‘वंशजको नेपाली नागरिकता सम्बन्धि मुद्धा’ मा एक अन्तरक्रिया तय थियो ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले उपसभामुखको अनुपस्थिति रहे पनि नारी दिवस कार्यक्रम यथावत् सञ्चालन हुने तर ५ तारिखको नागरिकता मुद्दाको अन्तरक्रिया स्थगित गरिएको बताए।
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने