
लण्डन । शनिबार (२७ जनवरी २०२४) मा बेलायतमा भएको एफए कपको चौथो राउण्डको खेलमा ननलिगको क्लव मेडिस्टोन युनाइटेडले यसै सिजनमा प्रिमियर लिगमा प्रोमोसन हुने प्रबल दाबेदार क्लव इप्स्वीचलाई हरायो । बेलायतको प्रमुख सञ्चारमाध्यमले यो नतीजा अप्रत्याशित भएको उल्लेख गरे र यसरी चक्मा दिने मेडिस्टोन युनाइटेडको टोलीमा थिए एक पूर्व गोरखा सैनिकका छोरा –विभेश गुरुङ ।
खोटाङका पूर्व गोरखा सैनिक भुपाल गुरुङ र सानु गुरुङका छोरा विभेशको फुटबल जीवनको शुरुवात मेडिस्टोन युनाइटेडबाट भएको थियो । अहिले २२ वर्षका गुरुङले प्रिमियर लिगको क्लव क्रिस्टल पालेसको एकेडेमीमा छनौट हुने अवसर पाएका थिए । त्यतिबेला उनी १६ वर्षका थिए । दुई वर्ष क्रिस्टल पालेसमा बिताएपछि उनले नर्वे र स्वीडेनमा गएर फुटबल खेले । सन् २०२० देखि फेरि फर्किएर बेलायतमै खेल्न थाले । उनी चेल्सीमा पनि छनौटका लागि गएका थिए तर छनौट हुन सकेनन् । त्यसपछि उनी मार्गेट, टन्ब्रीज एन्जल्स क्लव हुँदै उही पुरानो घर मेडिस्टोन युनाइटेडमा आइपुगेका छन् ।
१८ नम्बरको जर्सी लाएर मिडफिल्डर पोजिसिनबाट खेल्ने उनले एफए कपको तेस्रो चरणको छनौट खेलमा ब्यारो क्लवका विरुद्ध गोल गरेका थिए ।
उनले बेलायतमा फुटबल खेलेपनि उनको पुख्र्यौली थलो नेपालमा पनि उनको खेल हेर्नेहरुको संख्या ठूलो छ । तथापि नेपालमा दोहोरो नागरिकताको प्रावधान नभएका कारण उनले नेपाली राष्ट्रिय टोलीबाट तत्काललाई खेल्न पाउने छैनन् ।
उनले बेलायतको प्रतिष्ठित गार्जियन पत्रिकासित भनेका छन्, “नेपालीलाई प्रतिनिधित्व गर्न पाउँदा धेरै गर्व महसुस गरेको छु । मेरा दाजुभाइहरुले मलाई रोल मोडलका रुपमा हेर्छन् । खासमा हाम्रो सँस्कृतिमा खेलमा लाग्ने मानिसलाई यसरी हेर्ने चलन छैन । त्यसैले म उनीहरुलाई तिमीलाई जे काम गर्न मन लाग्छ त्यो गर भन्ने देखाउन चाहन्छु ।”
खेलकुदका अतिरिक्त अध्ययनलाई पनि उनले समानान्तररुपमा बढाइरहेका छन् । उनले अर्थशास्त्र र गणितमा ए लेभल पनि गरेका छन् ।
दक्षिण एसियाली समाजमा खेलकुदलाई मुख्य करियर नमानिने भए पनि आफ्नो सवालमा भने बाबुआमाले राम्रो सहयोग गरेको उनको भनाइ छ ।

सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय