
लण्डन । बेलायतको अर्थतन्त्रमा नोभेम्बर महिनामा झीनो सुधार देखिएको छ ।
अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बर महिनामा बेलायतको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) ०.३ प्रतिशतले बढेको पाइएको छ ।
यसअघि अक्टोबर महिनामा बेलायतको जीडीपी ०.३ प्रतिशतले खुम्चिएको थियो ।
अर्थशास्त्रीहरुले भने नोभेम्बर महिनामा बेलायतको जीडीपी ०.२ प्रतिशत मात्र बढ्ने आँकलन गरेका थिए ।
ओएनएसका अर्थशास्त्री ग्रान्ट फिज्नरले नोभेम्बरमा खुद्रा बिक्री, कार र कम्प्युटर गेमका कारण बेलायतको अर्थतन्त्र बढेको बताए ।
उता वस्तुको उत्पादन भने बेलायतमा नोभेम्बर महिनामा सकारात्मक रहन सकेन । नोभेम्बरसहित बितेको तीन महिनामा उत्पादनमा ०.२ प्रतिशतले ह्रास आएको छ । जसका कारण सन् २०२३ मा बेलायतको अर्थतन्त्र आर्थिक मन्दीमा गएको हुनसक्ने पनि अनुमान गरिएको छ । डिसेम्बर महिनाको तथ्यांक आएपछि मात्र गत वर्षको बेलायतको अर्थतन्त्रको वास्तविक चित्र सार्वजनिक हुनेछ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा