
लण्डन । ब्रिटिस काउन्सिल नेपालले आफ्नो मुख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावका ६५औं वर्ष स्मरण गर्दैछ ।
बेलायत नेपाल मैत्री सन्धिको शतवार्षिकी उत्सवकै सन्दर्भमा आएको यो विशिष्ठ अवसरले दुई मुलुकहरुबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट पार्ने काउन्सिलले विश्वास लिएको छ ।
नेपालका लागि बेलायती राजदूत रब फेनले यस अवसरलाई कोशेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गर्नुभयो । राजदूत रब फेनले भन्नुभयो, “बेलायत र नेपालबीचको सम्बन्ध चीरस्थायी रहेको छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकहरुबीचको सास्कृतिक तथा शैक्षिक सम्बन्धहरुलाई सुदृढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।“
त्यसैगरी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भन्नुभयो, “ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको साँस्कृतिक तथा शैक्षिक आदानप्रदानलाई उजागर गर्दछ, विगतलाई झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरुलाई संकेत गर्दछ । दुई शताब्दीभन्दा लामो द्धिपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकहरुबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुदृढ बनाउन सघाउँदछ ।”
बेलायत र नेपाल बीच कूटनैतिक सम्वन्धको एक अंशका रुपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो । त्यसयता नेपाल सरकारका शैक्षिक तथा साँस्कृतिक सुधारका पहलहरुमा यो भरपर्दा साझेदारका रुपमा बिकास भएको छ, जसका प्रभावहरु लाखौं जनताहरुबीच पुगेका छन् ।
ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक शाहिदा म्याकडुगले पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्राको चर्चा गर्नुभयो । “विगतका ६ दशकहरुमा हामीले थुप्रै व्यक्तित्व र संघसंस्थाहरुसँग मिलेर लाखौँबीच पुग्न
सकेका छौं । साथै ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा साँस्कृतिक फाँटमा रुपान्तरणकारी प्रभाव छोड्न सफल भएको छ,” वहाँले भन्नुभयो ।
लण्डन मुख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरुमा गरेका प्रयासहरु र उल्लेख्य योगदानहरुलाई प्रष्टाएको छ । विगतका ६५ वर्षहरुमा ब्रिटिस काउन्सिल नेपालले साझेदारीहरुलाई अभिवृद्धि गर्दै, सहकार्यलाई सहजीकरण गर्दै विभिन्न कार्यक्रमहरुमार्फत समुदायमा गतिलो छाप छोडन सम्भव तुल्याएको छ ।
प्रदर्शनी लण्डनको रेडम्यान पी एल, इ२० १जेक्यू, बेलायतमा सर्र्वसाधारणका लागि १ अप्रिल, २०२४ सम्म खुला रहने बताइएको छ ।

सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा