
लन्डन । नेपालमा भूकम्पले निम्त्याएको महाविपत्तिले सारा विश्वको ध्यान आकृष्ट गर्यो । आकस्मिक उद्दारदेखि राहत तथा प्रारम्भिक पुनस्थापना समेतका लागि विभिन्न मुलुकबाट सहयोग आइरहेका छन् । ती देशबाट सरकारी स्तर तथा संस्थागत रुपले भएका सहयोग त छदैंछन्, तर व्यक्तिगत तथा समूहगत रुपमा विपतमा परेका नेपालीहरुलाई सकेको सहयोग गर्ने विदेशी मनहरु पनि प्रशस्तै देखिएका छन् ।
पूर्वी लण्डनको रोयल डक्सस्थित नाकोन थाई रेष्टुरेन्टले पनि नेपालका भूकम्प पीडितको सहयोगार्थ आइतबार एक च्यारिटी कार्यक्रम गरि झण्डै आठ लाख रुपैयां ९ पांच हजार पाउण्ड संकलन गरेको छ । झण्डै सय जना सहभागी डिनरमा संकलित सम्पूर्ण रकम नेपाल पठाइने सो रेष्टुरेन्ट व्यवस्थापनले जनाएको छ । पूर्ण रुपमा थाई व्यवस्थापनमा सञ्चालित रेष्टुरेन्टमा केही नेपाली समेत कार्यरत छन् । दश वर्षअघि स्थापित नाकोन थाई सन २०१५ को ओपन टेबल डाइनर च्वाइस् अवार्ड विजेता पनि हो । पूर्वी लन्डनमा निकै लोकप्रिय रेष्टुरेन्टले च्यारिटी इभेन्टका लागि खर्चिएको लागत समेत नकटाएर पुरै 
रकम नेपालका भूकम्प पीडितलाई पठाउन लागेको छ ।
कार्यक्रममा चेल्सी तथा इभरटन क्लबका हस्ताक्षरसहितका सर्टहरु, चर्चित बेलायती कलाकारका चित्रकला लगायतका सामग्री लिलाम बढाबढ गरेर समेत सहयोग संकलन गरिएको थियो । त्यस्तै फाइभ स्टार होटलमा विकेण्ड स्टे लगायतका आकर्षक पुरस्कार समावेश गरिएको राफल चिट्ठाबाट समेत रकम संकलन भएको थियो ।
कार्यक्रममा ऐक्यबद्धता जनाउन एनआरएनए यूकेका अध्यक्ष महेन्द्र कंडेल, सदस्य दिपक श्रेष्ठ, पत्रकारहरु नवीन पोखरेल, फणिन्द्र भट्टराई, शिव भण्डारी, राजकुमार थापा, प्रताप गुरुंग, जेनी भट्टराई, युवा व्यवसायी हरि आचार्य, गणेश खडका लगायत नाकोन थाई पुगेका थिए ।
कार्यक्रममा प्लमस्टिडकी नेपाली किशोरी एलिजा श्रेष्ठले प्रस्तुत गरेका नेपाली लोक नृत्यको सहभागी सबैले वाहवाही गरे । कार्यक्रममा परम्परागत थाई नृत्यका साथ नाकोन थाई रेष्टुरेन्टकै संगीतकर्मीहरुले लाइभ संगीत प्रस्तुत गरेका थिए ।
संकलित रकम छिट्टै युरोपको नेपालीपत्रसंगको सहकार्यमा भूकम्पबाट अति प्रभावित गाउंहरुमा पुगेर राहत वितरणमा लगाइने रेष्टुरेन्टसंग आवद्ध पत्रकार ध्रुबराज अर्यालले जानकारी दिए ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल