
लण्डन । बेलायतमा नेपाली युवाहरूले सन्चालन गरेको एस्टार नेपलिज बास्केट बल लिगको फाइनल खेल डिबीएस र साउथ आसफोर्ड वुल्फ्जबीच हुने भएको छ ।
मार्चदेखि शुरु भएको सो लिगको अन्तिम खेल यही शनिबार हुँदैछ ।
ब्रुनेल विश्वविद्यालयको स्पोर्टस हल अक्सब्रिजमा हुने लिगको अन्तिम दिन सेमीफाइनल र फाइनल खेल हुने छ । सेमीफाइनलको एक खेल स्न्याचर्स र डीबीएसबीच हुनेछ भने अर्को खेल साउथ आसफोर्ड वुल्फ्ज र बलर्स स्ल्यामर्सबीच हुनेछ ।
अन्तिम दिन महिला बास्केटबलको विशेष प्रदर्शनी रहनेछ ।
सो दिन पुरस्कार तथा अन्य मनोरन्जनात्मक प्रस्तुति पनि देखाइने बताइएको छ ।
हिलिङडन काउन्सिलका मेयर शेहर्यार अहमद बालाना, हाउन्स्लोका उपमेषर आदेश फार्महाम, काउन्सिलर विष्णु गुरुङ, कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगर, एनआरएनए अध्यक्ष प्रेम गाहामगर पनि सो कार्यक्रममा उपस्थित हुनेछन् ।
ए स्टार फाइनान्सियल सर्भिसेज टाइटल स्पोन्सर रहेको सो प्रतियोगितामा ट्याफ ट्याप सेन्ड र नेपलिज सेन्टर हेज पनि स्पोन्सर रहेका छन् ।
बेलायतमा फुटबल, भलिबलको नेपाली समुदायबीच नियमित खेल हुने गरे पनि बास्केट बलको नियमित खेल थिएन । नेपाल बास्केटबल युकेले गत वर्षदेखि बास्केट बल लिग शुरु गरेको हो ।
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो
बेलायतमा ७ जुनमा हुने ‘गोर्खा वाक’को तयारी अन्तिम चरणमा
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण