
लण्डन । आयरल्याण्डका लागि समेत राजदुत रहेका बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले आज आयरल्याण्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
डब्लिनस्थित राष्ट्रपतिको कार्यालयमा उहाँले राष्ट्रपति माइकल डी हिगिन्ससमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ ।
ओहोदाको प्रमाणपत्र ग्रहणपश्चात राष्ट्रपति हिगिन्सले आचार्यलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना पनि दिएका थिए । आचार्यको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास उलने प्रकट गरे ।
सो अवसरमा राजदुत आचार्यले राष्ट्रपतिको सुस्वास्थ्य र आयरल्याण्डका जनताको उत्तरोत्तर प्रगतिका लागि नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन्देश सुनाएका थिए । जवाफमा राष्ट्रपति हिगिन्सले नेपालका राष्ट्रपति र नेपालका जनताको उत्तरोत्तर सम्बृद्धिको कामना गरेका थिए ।
राजदुत आचार्यले कोभिड महामारीका बेला आयरल्याण्डले नेपाललाई पुुर्याएको सहयोगको प्रशंशा गर्नुका साथै नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकास तथा विकासका प्राथमिकताका बारेमा जानकारी गराएका थिए । नेपाल र आयरल्याण्डबीच पर्यटन, शिक्षा तथा सूचना प्रविधिका माध्यमबाट अझै मजबुत सम्बन्ध बनाउन सकिनेमा दुवैको सहमति थियो ।
उहाँहरुबीच आयरल्याण्डमा रहेका नेपाली समुदायका बारेमा पनि कुराकानी भएको थियो ।
सो अवसरमा राजदुत आचार्य, धर्मपत्नी सुनिता आचार्य र दुताबासका द्वितीय सचिव रामबाबु नेपाल उपस्थित थिए ।

एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह