
लन्डन । पतंजली योग पीठ ट्रष्टका महासचिव आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले २२ जुनमा लन्डनको ह्यारोमा योग सत्र संचालन गर्ने भएका छन् ।
हाम्रो स्वाभिमान ट्रष्ट युकेको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा योग, प्राणायाम सिकाइनुका साथै आचार्य बालकृष्णले आयुर्वेदको महत्व र स्वस्थ जीवनशैलीको बारेमा पनि चर्चा गर्ने छन् ।
२२ जुनको कार्यक्रमको तयारीको सिलसिलामा मंगलबार आयोजित जुम बैठकलाई भारतको हरिद्वारबाट योग ऋषि स्वामी रामदेव तथा आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले सम्बोधन गरेका थिए।
स्वामी रामदेवले युके, अष्ट्रेलिया, युरोप, जहाँ बसेका भए पनि नेपाली समुदायमा आफ्नो संस्कृतिप्रति अगाध निष्ठा रहेको आफूले पाएको बताए । उनले नेपाली भाषा, नेपाली संस्कृति तथा परम्परा सनातन परम्परा हो भन्दै आफ्नो पारिवारिक तथा सामाजिक जिम्मेवारी बहन गर्नुका साथै आफ्नो संस्कृति, सभ्यता र परम्परा जोगाउनु पारमार्थिक उत्तरदायित्व रहेको बताए । आचार्य बालकृष्णले संसारभरि रहेका नेपालीलाई जोड्न शुरु गरेको प्रयासप्रति आफ्नो पूर्ण समर्थन रहेको पनि उनले बताए ।
आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालीहरुको रगत पुरुषार्थ र समर्पणको रगत हो भन्दै हाम्रो स्वाभिमान ट्रष्टले विश्वव्यापी रुपमा नेपाली र गोर्खाली समुदायलाई जोड्ने लक्ष्य लिएको बताए । आफ्नो पहिचानको रक्षा गर्नुका साथै जहाँ पनि गोर्खाली र नेपाली साधनविहीन छन्, उनीहरुको जीवन उन्नतिमा सघाउन ट्रष्टले काम गर्ने छ,ु उनले भने । उनले छिट्टै बेलायतमा भेट्ने अपेक्षा पनि व्यक्त गरे।
गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले संसारभरि रहेका नेपाली भाषीहरुलाई सांस्कृतिक रुपले जोड्ने आचार्य बालकृष्णजीको अभियान प्रशंसनीय रहेको बताए । उनले गैरआवासीय नेपाली संघले संसारभरि रहेका नेपालीहरुसंग रहेको सीप, पूँजी र अनुभव नेपाल र नेपालीको हितमा उपयोग गर्न प्रोत्साहित गरिरहेको बताउंदै हाम्रो स्वाभिमान ट्रष्टसंग सहकार्य गर्न आफुहरु उत्सुक रहेको बताए।
यसैगरी योगाचार्य मोहन कार्कीले विभिन्न कारणले समाज विभाजित भैरहेको अवस्थामा संसारभरि रहेका नेपाली समुदायलाई जोड्न यो संस्थाको अवश्यकता महसुस गरिएको बताए । उनले सबै नेपालीहरु आत्मनिर्भर बन्न सक्ने गरी मोडेल तयार गर्न र एक अर्काको पूरक बन्न आग्रह गरे।
पतंजली योगपीठ युकेकी ट्रस्टी श्रीमती सुनिता पोद्दारले नेपाली समुदायलाई कसरी समृद्ध बनाउने र एक आपसमा कसरी सहयोग बढाउने भन्ने बारे छलफल गर्न आग्रह गरिन् ।
बैठकमा तदर्थ समितिका महासचिव अर्जुन कटुवालले युकेस्थित सबै नेपाली संघसंस्थाहरुलाई कार्यक्रममा सहभागी हुन् आमन्त्रण गरेका थिए ।
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो
बेलायतमा ७ जुनमा हुने ‘गोर्खा वाक’को तयारी अन्तिम चरणमा
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण