
काठमाडौँ । संयुक्त अधिराज्य बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजका कमान्डेन्ट सेवानिवृत्त लेफ्टिनेन्ट जनरल सर जर्ज नोर्टनको नेतृत्वमा कलेजका शिक्षक र शिक्षार्थी नेपालको अध्ययन भ्रमणमा आएको छ ।
नेपालको छ दिवसीय अध्ययन भ्रमणमा १९ सदस्सीय टोली आज यहाँ आइपुगेको हो ।
यसैबीच, प्रधानसेनापति प्रभुराम शर्मासँग उक्त टोलीका प्रमुख नोटर्नले आज जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त टोलीले जङ्गी अड्डा, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका साथै ऐतिहासिक एवं पर्यटकीयस्थलहरुको अवलोकन गर्ने कार्यक्रम छ । विभिन्न राष्ट्रमा सञ्चालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीले एक–अर्का मुलुकको अध्ययन भ्रमण गर्ने प्रचलन रहिआएको छ ।
नेपालमा मित्रराष्ट्रबाट हुने यस्ता भ्रमणले सम्बन्धित देशसँगको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुग्नेछ । नेपालको पर्यटन प्रवर्द्धनमा समेत यस खाले भ्रमणबाट टेवा पुग्ने सेनाले विश्वास लिएको छ ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते