
लण्डन । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा बेलायतको बेजिंगस्टोकमा बेजिंगस्टोक मल्टीकल्चरल फोरमले एक एक बिशेष कार्यक्रमको आयोजना गरेको छ ।
फोरमका अध्यक्ष शिवजी श्रेष्ठको अध्यक्षता तथा स्थानीय बेजिंगस्टोक एण्ड डिन काउन्सिलका मेयर पउल मिलरको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।
विभिन्न २७ देशका ७५ वटा सामाजिक तथा सांस्कृतिक संगठन आवद्ध फोरमले कोभिड महामारीपश्चात पहिलो पटक प्रत्यक्ष रुपमा यस्तो कार्यक्रमको आयोजना गरेको फोरममा सचिव नितिन पाटिलले बताए ।
सो अवसरमा मेयर मिलरले संसारका विभिन्न देशहरुबाट आएका आप्रवासीहरुले काउन्सिल, स्थानीय संघ संस्था तथा सामुदायिक संस्थाहरुलाई समेटेर यस्ता कार्यक्रम आयोजना गर्नु सराहनीय कार्य भएको बताए ।
सोही अवसरमा काउन्सिलका लिडर साइमन बाउन्डले फोरम बेजिंगस्टोकमा युनाइटेड नेसन्स जस्तो भएको बताउँदै ७५ वटा विभिन्न सामुदायिक संगठनहरुलाई एक ठाउँमा राखेर सामुदायिक कार्य गर्नु प्रसंशायोग्य कार्य भएको धारणा राखे ।
यसैगरी काउन्सिलमा लेबर पार्टीका काउन्सिल लिडर एन्डी माकर्मिकले मातृभाषाको जगेर्ना गर्दै आफ्ना बच्चाहरुलाई मातृभाषा सिकाउन सक्नु आफ्नो भाषाको रक्षा गर्नु हो भन्दै यसलाई निरन्तरता दिन सुझाव दिए ।
कार्यक्रममा स्वागत गर्दै अध्यक्ष श्रेष्ठले संसारभर ७००० भाषा बोलिने संसारका ८० प्रतिशत डिजिटल सामग्री अंग्रेजीमा भएपनि सपना चाहिँ मातृभाषामा नै देखिने कुरा बताएका थिए ।
ट्रष्टी देवश्रीले संचालन गरेको सो कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आ–आफ्ना भाषामा विभिन्न प्रस्तुति दिएका थिए ।
यसैगरी नेपाली कलाकारहरु खुशी राई, दीपा लिम्बुसहित तीन जनाले नेपाली गीतमा नाच प्रस्तुत गरेका थिए भने नेपाली युवा सुशान्त श्रेष्ठले ४ वटा भाषा (अंग्रेजी, नेपाली, हिन्दी र स्पेनिश) मा आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बेजिंगस्टोक नेपाली समुदायका अध्यक्ष ओम गुरुङ, बेजिंगस्टोक हिन्दु सोसाइटीका निवर्तमान अध्यक्ष्य किशोर पटेल, अफ्रिकन सोसाइटीका अध्यक्ष नसिमा, अफ्रो क्यारेबियनका पउल ह्यामिल्टन, सिटिजेन एडभाइस ब्युरो प्रमुख ग्राहम, इटालियन कम्युनिटीका इलारिया कोर्नी, फार्नबोरो इन्डियन सोसाइटीका महेश कुमार लगायत विभिन्न देशबाट बेजिंगस्टोक आई बसोबासरत व्यक्तित्वहरुको उपस्थिति थियो ।


भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम